बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहितका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहितका शीर्ष नेता बालुवाटारमा

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहितका शीर्ष नेता बालुवाटारमा
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न  नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा,  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् ।

    images
    images

    संसदको गतिरोध अन्त्य र विश्वासको मत लिने विषयमा छलफल केन्द्रीत  रहेको जनाइएको छ । अवरुद्ध सदन खुलाउने प्रयासअनुरूप प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग केही दिनदेखि संवाद जारी राखेका छन्। 

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतासमेत अनुसन्धान हुने गरी सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठकमा निरन्तर अवरोध गरिरहेको छ। 

     

    प्रतिक्रिया हरु
    थप समाचार