बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

प्रधानमन्त्री र देउवासहित कांग्रेसका शीर्ष नेताहरुको छलफल सकारात्मक

प्रधानमन्त्री र देउवासहित कांग्रेसका शीर्ष नेताहरुको छलफल सकारात्मक

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    प्रधानमन्त्री र देउवासहित कांग्रेसका शीर्ष नेताहरुको छलफल सकारात्मक
    images

    काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूबीच बालुवाटारमा  सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् ।
    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक रहेको र सत्तापक्षसँग छलफल गर्ने बतँए । 

    ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’

    images
    images

    कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गर्ने छन् । दिउँसो २ बजे बस्ने  बैठकमा समिति गठन गर्ने वा नगर्ने टुंगो लाग्नेछ । समिति गठन गर्ने सहमति नभएमा कांग्रेसले संसद चल्न दिने छैन । 

    कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसमा सहमत हुन सकेको छैन  ।

    प्रतिक्रिया हरु
    थप समाचार