बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

कारले ठक्कर दिँदा जनकपुरमा पत्रकारको मृत्यु

कारले ठक्कर दिँदा जनकपुरमा पत्रकारको मृत्यु

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    कारले ठक्कर दिँदा जनकपुरमा पत्रकारको मृत्यु
    images

    काठमाडौं । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । राजधानी जनकपुर अनलाइनमा कार्यरत शहीदनगर नगरपालिका ८ का ३२ वर्षीय शिवेन्द्र रोहिताको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images

    मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

    कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार