बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

संसद नखुले अध्यादेशको बाटोबाट अघि बढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

संसद नखुले अध्यादेशको बाटोबाट अघि बढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    संसद नखुले अध्यादेशको बाटोबाट अघि बढ्नुपर्ने अवस्था आउन सक्छ : सभामुख घिमिरे
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमत राख्ने थलो बन्धक हुन नसक्ने भन्दै संसद अवरुद्ध भईरहे अध्यादेशको बाटोबाट अिघ बढनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

    नेपाल पत्रकार महांसघ प्रदेश प्रतिष्ठान समितिको  चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले संसद बन्धक हुनु ठीक नभएकाले छलफलबाट निष्कर्षमा पुग्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल अघि उनले संसद अन्त्य हुन सक्ने संकेत गरे । 

    images
    images

    , ‘अहिले संसद बन्धक बनिरहेको छ, जनताका प्रतिनिधिहरुले जनताको अभिमत राखेर निर्णय गर्ने ठाउँ आज अवरुद्ध छ । संसद यसरी रोकिएर बस्न सक्दैन र हुँदैन पनि । यसले निर्णय लिनैपर्छ । निर्णय लिन सबैको साथ सहयोग पनि चाहिन्छ ।’ उनले भने ।  कुरामा सौहार्दपूर्ण ढंगबाट छलफल गरेर निकासमा पुग्नुपर्नेमा उनले जोड दिए ।

     ‘संसदका गतिविधि अगाडि बढ्न सकेन भने हामीले गर्नैपर्ने थुप्रै कामहरु त्यसमा पनि निकट आइरहेको बजेट पारित गर्ने कुरा, अहिले सरकारकै बहुमत छ कि छैन भन्ने कुराको प्रश्न उठिरहेको बेलामा ७ गते बहुमत देखाउँछु भनेको छ । यस्तो बेलामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ ?  निश्चय पनि त्यतिबेला संसदलाई अन्त्य गरेर अध्यादेशको बाटोबाट कतिपय परिस्थिति खोल्नुपर्ने अवस्था आउँछ । अहिलेकै अवस्थामा हामीले त्यो बाटोमा गयौं भने हामीले प्रजातन्त्रलाई कसरी उपयोग गर्ने ?’ सभामुख घिमिरेले भने । 

     

    प्रतिक्रिया हरु
    थप समाचार