बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

ललितपुर आगलागी: एकै परिवारका ४ सदस्यको मृत्यु,दुई छोरी र आमापछि बुवा पनि बिते

ललितपुर आगलागी: एकै परिवारका ४ सदस्यको मृत्यु,दुई छोरी र आमापछि बुवा पनि बिते

साझा पोष्ट
आइतबार, जेठ ६ २०८१
  • images
    ललितपुर आगलागी:  एकै परिवारका ४ सदस्यको मृत्यु,दुई छोरी र आमापछि बुवा पनि बिते
    images

    काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ।   दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो ।

    मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो। योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ। आगलागीमा  जलेका दुई छोरी र आमापछि बुवा सञ्जयको पनि शनिबार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेश सुवेदीले जानकारी दिए । 

    images
    images

    यसअघि सोही अस्पतालमा उपचारका क्रममा सञ्जयकी श्रीमती रुपा गिरीको गत वैशाख ३१ गते मृत्यु भएको थियो भने आगलागी भएको भोलिपल्टै अर्थात् वैशाख २४ गते उनका दुई छोरी ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो।आगलागीमा परी घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार भैरहेको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार