बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न १३ वर्षीय बालकसहित ७ जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न १३ वर्षीय बालकसहित ७ जना पक्राउ

साझा पोष्ट
आइतबार, जेठ ६ २०८१
  • images
    ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न १३ वर्षीय बालकसहित ७ जना पक्राउ
    images

    काठमाडौं । काठमाडौंको तारकेश्वर–९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । काठमाडौं  महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडि र २२ धाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको आइतबार प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। जसमा एक जना नाबालक छन् । 
    प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

    उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
    उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरू सबै बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रमा सडकपेटीमा निर्माणाधिन घरहरूमा आश्रय बनाइ बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।घिमिरेको शव शुक्रबार तारकेश्वर नगरपालिका–९, मनमैजुमा भेटिएको थियो। 

     

    प्रतिक्रिया हरु
    थप समाचार