बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

४८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

४८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

साझा पोष्ट
आइतबार, जेठ ६ २०८१
  • images
    ४८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
    images

    काठमाडौं । लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार काठमाडौं  प्रहरीले पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर नगरपालिका १२ का ३२ वर्षीय सचिन रानालाई सार्वजनिक गरेको हो । उनी शनिबार काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टबाट उनी पक्राउ परेका हुन् । 
     
    घटनाबारे थप अनुसन्धानको भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । म्यान्मार घर भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको बताए । 

    प्रतिक्रिया हरु
    थप समाचार