बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौंमा हावाहुरीसहित वर्षा

साझा पोष्ट
सोमबार, जेठ ७ २०८१
  • images
    काठमाडौंमा हावाहुरीसहित वर्षा
    images

    काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा भैरहेको छ । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । 

     अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन  वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

     

    प्रतिक्रिया हरु
    थप समाचार