बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

बुढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ

बुढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ

साझा पोष्ट
सोमबार, जेठ ७ २०८१
  • images
    बुढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ
    images

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  प्रहरी वृत्त महाराजगञ्जको टोलीलेरौतहटको मौलापुर नगरपालिका(४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साहलाई पक्राउ गरेको हो । दुवैजनामासथि सुनको सिक्री लुटेको आरोप छ  । 

    सरोजकुमारले  जेठ ४ मा  बूढानीलकण्ठ नगरपालिका–३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री लुटेको आरोप लागेको छ ।

    images
    images

    पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।

    त्यसैगरी बूढानीलकण्ठ–२ माथिल्लो भंगालमा ३ जेठमा ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ । राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार