बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सिंहदरबार, पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने बालेनको चेतावनी

सिंहदरबार, पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने बालेनको चेतावनी

साझा पोष्ट
सोमबार, जेठ ७ २०८१
  • images
    सिंहदरबार, पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने बालेनको चेतावनी
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

    फोहोर बोक्ने सवारीका चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर शाहले दिएका हुन् ।

    images
    images

    ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर शाहले लेखेका छन् ।’  चालकहरूलाई ससम्मान रिहा नगरे फोहोर नउठाउने र परे भीड्ने उनले चेतावनी दिएका छन् ।  ।

    ‘जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन  सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।’ उनले लेखेका छन्, को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन ! ’ 

     

     

    प्रतिक्रिया हरु
    थप समाचार