बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

मेयर बालेनको चेतावनीपछि फोहोरका गाडी चालक रिहा

मेयर बालेनको चेतावनीपछि फोहोरका गाडी चालक रिहा

साझा पोष्ट
सोमबार, जेठ ७ २०८१
  • images
    मेयर बालेनको चेतावनीपछि फोहोरका गाडी चालक रिहा
    images

    काठमाडौं  । काठमाडौं महानगरपालिकाका फोहोर ओसार्ने गाडी चलाउने चारजना चालक रिहा भएका छन्।

    सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाहको चेतावनीपछि सरकारले रिहा गरेको हो।

    images
    images

    प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले गिरफ्तार गरेको थियो।

    त्यसपछि मेयर बालेन्द्रले चालकहरु रिहा नभएसम्म सिंहदरबार र नेताका घरको फोहोर नउठाउने र आईपरे भीड्ने चेतावनी दिएका थिए । 

    ‘जो कोहीले यत्ति बुझ्नुहोला-पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । ’ गाडी चालक रिहा भएपछि बालेन्द्रले पुनः सामाजिक सञ्जालमा लेखेका छन्,अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।’ 

    प्रतिक्रिया हरु
    थप समाचार