बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
    images

    काठमाडौं । सहकारी संस्थाको रकम अपचलनबारे  छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन  कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।

    संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपाले त्यो मानिरहेका छैनन् । आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन । विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन । कुरा नमिल्दा कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिँदा पनि बैठकमा अवरोध गरेको थियो । 

    images
    images

    गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार