बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

काठमाडौंको थलीमा मृत भेटिएका पुरुषको पहिचान

काठमाडौंको थलीमा मृत भेटिएका पुरुषको पहिचान

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    काठमाडौंको थलीमा मृत भेटिएका पुरुषको पहिचान
    images

    काठमाडौं । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा आज (मंगलबार) बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। 

    मृतक भक्तपुर-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको पत्ता लागेको थली प्रहरीले जनाएको छ । शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का आधारमा उनको परिचय पत्ता लागेको प्रहरीले जनाएको छ। 

    images
    images

    प्रहरीका अनुसार कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शवनजिकै दुइटा ब्लेड पनि भेटिएका छन्। घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया हरु
    थप समाचार