बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

रवि लामिछानेको नामै किटेर छानबिन हुनुपर्ने कांग्रेसको अडान

रवि लामिछानेको नामै किटेर छानबिन हुनुपर्ने कांग्रेसको अडान

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    रवि लामिछानेको नामै किटेर छानबिन हुनुपर्ने कांग्रेसको अडान
    images

    काठमाडौं । सहकारीको रकम अपचलनको छानबिनका लागि बन्ने संसदीय समितिको टीओआर ९कार्यादेश० बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पुरानो अडान कायमै राखेको छ । रवि लामिछानेमाथि छानबिन हुनुपर्ने कांग्रेसको माग छ । 

     सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा कांग्रेसले जसको बारेमा प्रश्न उठेको हो उही व्यक्ति कारबाही गर्ने निकायको प्रमुख बन्न नसक्ने भन्दै छानबिन हुनुपर्ने अडान राखेको छ । 

    images
    images

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सांसद समेत रहेका कार्यदलका सदस्य जीवन परियारले आफ्नो अडानबाट तलमाथि नभएको जानकारी गराए। 

    ‘कांग्रेसले संसदमा जे विषय उठाइरहेको थियो। सहकारी हिनामिना, अपचलन र ठगीका बारेमा नेपाली कांग्रेस सुरुदेखि जे अडानमा थियो, जसका बारेमा छानबिन गर्ने भनेर आवाज उठाउँदै आएका थियौँ, त्यसमा तलमाथि छैन,’ उनले भने। रवि लामिछाने र उनी जोडिएका सहकारीको नामै किटेर छानबिन हुनुपर्ने कांग्रेसको अडान छ । 


    कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई दोषी करार  नगरेको उनले प्रष्टिकरण दिए । ‘जसको संलग्नता छ भनेर हामीले आरोप लगाएका छौँ, उहाँलाई दोषी करार गरेको होइन नि। तर प्रमाणित हुनका लागि छानबिन हुनुपर्यो भन्ने हो। दोषी करार गरेका छैनौँ, त्यो अधिकार न्यायालय वा छानबिन समितिलाई मात्रै छ,’ उनले भने। 

    गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न समेत उनले चुनौती दिए। 

    प्रतिक्रिया हरु
    थप समाचार