बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

प्रमुख तीन दलका शीर्ष नेताको बैठक पछि कांग्रेसले भन्यो: छलफल सकारात्मक

प्रमुख तीन दलका शीर्ष नेताको बैठक पछि कांग्रेसले भन्यो: छलफल सकारात्मक

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    प्रमुख तीन दलका शीर्ष नेताको बैठक पछि कांग्रेसले भन्यो: छलफल सकारात्मक
    images

    काठमाडौं । सदनको जारी गतिरोध हटाउने विषयमा बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएका छन्।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन्।

    images
    images

    कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्। बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक रुपमा अघि बढेको बताए।उनले भने, समिति गठन गर्ने कुरा भइरहेको छ। व्यक्ति र सहकारीको नाम राख्ने भन्दा पनि उठेको बिषयलाई सम्बोधन गर्नुपर्छ ।

    सहकारीमा लाखौं मानिसको बचत भएको छ। कतिपयले अपचलन र ठगी भएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार