बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    images
    images


    जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेकोमा न्यायाधीशले ३ दिन ९आइतबारसम्मका लागि० म्याद थपेका छन् । सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए ।


    सिरोहियाको पक्राउ पूर्तिशोधपूर्ण भएको भन्दै विरोध भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको आरोप लागेको छ ।

    सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले एकैपटक पक्राउ पुर्जी जारी गराएर मंगलबार सिरोहियालाई पक्राउ गरी जनकपुर लगिएको थियो । 

    बुधबार अदालतमा उपस्थित गराइएका उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार