‘मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन’
शनिबार, वैशाख ३०, २०८०

मौद्रिक नीति समीक्षाः राष्ट्र बैंकले घटायो बैंक दर
शुक्रबार, वैशाख २९, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ ।

सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्यो
शुक्रबार, वैशाख २९, २०८०
काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ ।

खुकुलो मौद्रिक नीतिको पक्षमा अर्थमन्त्री
शुक्रबार, वैशाख २९, २०८०
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट निर्माणको काम चलिरहेका बेला मन्दी उन्मुख अर्थतन्त्रलाई सपार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्त नीतिभन्दा मौद्रिक नीतिलाई सुधार्नुपर्नेमा जोड दिएका छन् । निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक...

संकटका बेला अर्थतन्त्रको स्थायित्व र स्थिरताकाे कुरा उचित होईन : डा. स्वर्णिम वाग्ले
सोमबार, वैशाख २५, २०८०

काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि, चेक बाउन्सका उजुरी अत्यधिक
सोमबार, वैशाख २५, २०८०
डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे ।

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री
आइतबार, वैशाख २४, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जाने लागेको भनेर आतङ्क सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका छन् ।

बाँदर आतङ्कले बाँझिदै खेतीयोग्य जमिन
शनिबार, वैशाख २३, २०८०
-सुशीला रेग्मी/रासस
रामपुर (पाल्पा) । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् ।वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन्...
साताको लोकप्रीय