Sajha Post
निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासोः काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो
निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासोः काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो काठमाडौं । निःवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन् ।  ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम शुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनुपरेको उनको गुनासो थियो । 
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ...
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।  'तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ, उनले भने, 'अब जलन भएका बिरामीको उपचार...
सुनसरीमा पनि देखियो दादुरा, तीन जनामा पुष्टि
सुनसरीमा पनि देखियो दादुरा, तीन जनामा पुष्टि बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । 
कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय
कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो ।
विरोधका कार्यक्रम फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको अनुरोध
विरोधका कार्यक्रम फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको अनुरोध काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई अनुरोध गरेको छ । डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आज आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि मन्त्रालयले विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । 
बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि
बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनको सुझाव  छ । 
माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव 
माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव  काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका...
Weather Update