scheduleबिहिवार आश्विन २ गते, २०७६

थोपा-थोपा पानीसँग तर्संदैछन् संसारका यी ११ ठूला शहर

टोकियो । दक्षिण अफ्रिकाको केपटाउन शहर छिट्टै आधुनिक संसारको पहिलो यस्तो ठूलो शहर बन्न जाँदैछ, जहाँ पिउने पानीको ठूलो अभाव हुँदैछ । आउँदा केहि हप्ताहरुमा त्यहाँ बस्ने नागरिकले पिउने पानी हुनेछैन ।

तर, दक्षिण अफ्रिकाको यो सुख्खा शहर मात्रै पानीको संकट व्यहोरिरहेको पहिलो शहर होइन । कयौं विशेषज्ञ पहिलादेखि नै पानीको संकटको बारेमा चेतावनी दिइरहेका छन् ।

यद्यपि, यो कुरा पनि साँचो हो कि पृथ्वीट्ठमा ७० प्रतिशत भाग पानीले ओगटेको छ । तर यो समुद्री पानी हो जुन नुनिलो हुन्छ । संसारमा केवल ३ प्रतिशत मात्र पानी खानको लागि योग्य छ । यो पानी त्यति सजिलै प्राप्त गर्न सकिँदैन ।

संसारमा सय करोडभन्दा बढी मानिसले पिउने सफा पानी उपलब्ध छैन । जबकि २७० करोड मानिसलाई वर्षमा एक महिला पिउने पानी मिलिरहेको छैन । सन् २०१४ मा संसारमा ५०० ठूला शहरमा भएको अनुसन्धानका अनुसार हरेक चारमा एक नगरपालिकालाई पानी अभावको समस्या छ ।

संयुक्त राष्ट्रका अनुसार ‘पानीको अभाव’ त्यतिबेला हुन्छ जतिबेला प्रतिव्यक्ति १७०० क्युबिक मिटरभन्दा कम उपलब्धता हुन्छ । संयुक्त राष्ट्र समर्थित विशेषज्ञहरुका अनुमानअनुसार सन् २०३० सम्म विश्वभरीमै पानीको माग आपूर्तिभन्दा ४० प्रतिशत बढी हुनेछ ।

युक्त राष्ट्रसंघका अनुसार पानी अभाव तब हुन्छ जब पानीको वितरण वर्षेनी प्रतिव्यक्ति १ हजार ७ सय क्युबिक मिटरभन्दा कम हुन्छ ।

संयुक्त राष्ट्रसँग सम्वन्धित विशेषज्ञहरुको आकलन अनुसार सन् २०३० सम्म विश्वभर पिउने पानीको माग वितरण भइरहेको भन्दा ४० प्रतिशत भन्दा बढी हुनेछ । यसको कारण हो– जलवायु परिवर्तन, विकास गर्न मानिसहरुबीचको प्रतिस्पर्धा र जनसंख्यामा वृद्धि ।

हरेक महाद्वीपमा भएका शहरहरुमा यो समस्या छ र समयसँग सामना गर्दै आएका यी शहरसँग जोगिने उपाय निकाल्ने समय छैन । यसर्थ, कसैले आश्चर्य मान्नुपर्दैन कि पानीको संकट केपटाउनको मात्रै हो ।

यी हुन् विश्वका ११ ठूला शहर जहाँ पिउने पानीको भारी संकट नजिकिँदैछ-

साओपाउलो, ब्राजिल

साओपाउलो विश्वको सबैभन्दा बढी बस्ती रहेको शहरमध्यको एक हो जसलाई ब्राजिलको आर्थिक राजधानी भनेर चिनिन्छ । यहाँ २.१७ करोड भन्दा बढी मानिसहरु बस्दछन् । यस शहरलाई सन् २०१५ मा उक्त शहरलाई पनि केपटाउनको जस्तै समस्या आयो । यतिबेला यहाँको मुख्य तालको क्षमता मात्र ४ प्रतिशत छ ।

सुख्खाको अवस्था उक्त शहरमा मात्र २० दिनको लागि पानी उपलब्ध थियो । यस दौरान एक ठाउँबाट अर्को ठाउँ पानी पुर्‍याउने ट्यांकरलाई पुलिसले सुरक्षाका बीच लैजाने गर्दथ्यो ।

भनिन्छ, सन् २०१४ देखि २०१७ को बीच ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा खडेरी पर्‍यो जसको कारण पानीको भयंकर अभाव भयो । तर संयुक्त राष्ट्र संघको एक मिसनले यसका लागि गलत योजना र सही ठाउँमा लगानी नगरेको भन्दै साओपाउलोका अधिकारीहरुको आलोचना गरेको थियो ।

सन् २०१६ मा समस्या समाधान भएको घोषणा गरियो । तर त्यसपछि पनि गत वर्ष शहरका मुख्य तालको क्षमता अपेक्षा गरिएभन्दा १५ प्रतिशत कमसम्म थियो । त्यसपछि सरकारको जिकिरमा फेरि प्रश्न खडा भयो ।

बंगलुरु, भारत

भारतको एक चर्चित शहर बंगलुरुको विकासले प्रशासनलाई ठूलो दवाव दिएको छ । ग्लोबल टेक्नोलोजी सेन्टरतर्फ अघि बढेको यस शहर पानी वितरण र निकास प्रणालीलाई राम्रो बनाउन अग्रसर छ ।

शहरमा तत्काल पानीको पुराना पाइप मर्मतको आवश्यकता छ । सरकारको एक रिपोर्टका अनुसार शहरमा पिउने पानी आधा भन्दा बढी त पाइप चुहिएर खेर जान्छ ।

भारतमा पानी प्रदुषणको ठूलो समस्या छ र बंगलुरुको स्थिति पनि फरक छैन । एक अनुसन्धानको अनुसार शहरमा तालको ८५ प्रतिशत पानी केवल सिंचाइको लागि या कारखानामा प्रयोग गर्न लायक छ तर पिउनको लागि होइन ।

कुनै पनि ताल वा पोखरीको पानी पिउन वा नुहाउन हुनेगरी सफा छैन ।

बेइजिङ, चीन

विश्व बैंकका अनुसार पानीको अभाव तब हुन्छ जब वर्षेनी वितरण प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम हुन्छ । सन् २०१४ मा शहरबासी २ करोड जनाले १४६ क्युबिक मिटर पानी पाएका थिए ।

विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा चीनमा छ तर विश्वमा मिठो पानीको ७ प्रतिशत हिस्सा यहाँ छ ।

अमेरिकास्थित कोलम्विया विश्वविद्यालयको एक अनुसन्धानअनुसार बेइजिङमा २००० देखि २००९ को मध्यमा शहरमा जल संशाधनको क्षमता १३ प्रतिशतभन्दा कम भएको थियो ।

२०१५ मा जारी गरिएका आधिकारिक तथ्यांकअनुसार बेइजिङमा पानी यति धेरै दुषित छ कि त्यो पिउन त परैजाओस् खेतीमा पनि प्रयोग गर्न लायक छैन ।

चीन सरकारले यस समस्या समाधान गर्नका लागि पानीको व्यवस्थित वितरणको योजना बनायो, जागरण कार्यक्रमहरु चलायो र पानीको धेरै खपत गर्नेहरुका लागि धेरै शुल्क पनि निर्धारण गरेको छ ।

कायरो, मिश्र

विश्वको महान सभ्यताको जन्म नाइल नदीको किनारमा भएको मानिन्छ । यो पुरानो कुरा हो । तर अहिले यो नदी आफै समस्यासँग जुधिरहेको छ ।

मिश्रलाई आवश्यक पर्ने ९७ प्रतिशत पानी नाइल नदीबाट आउँछ । सयही नदीमा नै खेतबारीबाट र घरबाट निस्किएको दुषित पानी मिसिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मिश्र ति देशको सूचीमा छ, जहाँ जल प्रदुषणसँग सम्वन्धित मृत्युदर सबैभन्दा धेरै मानिसको औसत आय सबैभन्दा कम छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ सम्म देशलाई पानी अभावको सामना गर्नुपर्ने छ ।

जकार्ता, इण्डोनेसिया

समुद्री किनारमा अवस्थित विश्वका अन्य शहर जस्तै जकार्ता सामू पनि समुद्रको जलस्तरको वृद्धि चुनौतीपूर्ण छ । यो शहरको दोस्रो ठूलो समस्या पानीको अभाव हो । यहाँको एक करोड जनसंख्याको आधाभन्दा कम व्यक्तिहरु सार्वजनिक पानीको सञ्जालमा जोडिन सकिरहेका छैनन् ।

यहाँ गैरकानुनीरुपमा इनार खन्ने काम बढिरहेको छ । यस्तै गतिविधिका कारण यहाँको जमिन मुनिको पानीको स्रोतमा दबाव परिरहेको छ ।

यहाँका ताल र पोखरीमा एसफाल्ट अधिक पाइएकोले वर्षाको पानी पूरै सोस्दैन । यो समस्याले पानीको संकट बढ्ने गरेको छ ।

मस्को, रुस

संसारको मिठो पानीको स्रोतमध्ये एक चौथाई स्रोत रुसमा रहेको छ । तर सोभियत कालमा भएको औद्योगिक विकासका कारण यहाँको पानीमा प्रदुषणको समस्या छ ।

मस्कोको सामु आज सबै भन्दा ठूलो चुनौति नै प्रदुषित पानी हो । त्यहाँ शहरीयाको पिउने पानीको स्रोत तिनै प्रदुषित खोलानालाहरु नै हुन् ।

इस्तानबुल, टर्की

सरकारको आधिकारिक आँकडालाई मान्ने हो भने टर्कीले पनि पानीको संकट सामना गरिरहेको छ । सन् २०१६ मा पानीको आपूर्ति प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम थियो । स्थानीय जानकारका अनुसार २०३० मा हालत निकै खराब हुनसक्छ ।

पछिल्लो समय अत्यधिक आवादी हुन थालेको इस्तानबुलमा १.४ करोड जनसंख्या पानीको संकटमा छ ।

२०१४ को सुरुवातमा शहरमा जल संशाधनको क्षमता ३० प्रतिशत भन्दा कम थियो ।

लण्डन, बेलायत

पानी कम हुने शहरमध्ये वेलायतको लण्डन पनि एक हो । यहाँ वर्षमा ६०० मिलिमिटर वर्षा हुन्छ । यो पेरिस र न्युयोर्ककको भन्दा कम हो । शहरलाई आवश्यक पर्नेमध्ये ८० प्रतिशत पानी नदीबाट प्राप्त हुन्छ ।

ग्रेटर लण्डनका अधिकारीका अनुसार शहरको क्षमता लगभग पूरा भएको छ । तर, सन् २०२५ मा लण्डनमा पनि पानीको गम्भीर संकट निकट हुँदै गइरहेकव छ । २०४० सम्म स्थिति गम्भीर हुने अनुमान गरिएको छ ।

टोकियो, जापान

जापानको राजधानी टोकियोमा हरेक वर्ष समान्यतया जति वर्षा हुन्छ त्यति वर्षा अमेरिकाको सिएटलमा पनि हुन्छ । उक्त शहरमा वर्षमा चार महिना वर्षा हुन्छ । त्यसैले सिएटललाई ‘रेनी’ शहर पनि भनिन्छ । यदि पानी जम्मा गरेर राख्न सकिएन भने सुख्खायाममा मुस्किल हुनसक्छ ।

पानी समस्या समाधानका लागि स्थानीय अधिकारीहरुले शहरमा ७५० सार्वजनिक एवं निजी स्थानमा वर्षाको पानी जम्मा गर्ने व्यवस्था गरेका छन् ।

टोकियोमा तीन करोडभन्दा बढी मानिस बसोबास गर्छन् । शहरका ७० प्रतिशत बढी ब्यक्ति पिउने पानीका लागि बरफमा निर्भर छन् । सरकारले हालै मात्रै खानेपानीको पाइप मर्मतको काम सुरु गरेको छ । यो कामको एउटै उद्देश्य हो, पानीको चुहावट रोक्नै संकटसँग जुध्नु ।

मियामी, अमेरिका

फ्लोरिडा अमेरिकाको सबैभन्दा धेरै वर्षा हुने शहर हो । तर, मियामीमा पानीको समस्या छ । एट्लान्टिक सागरको पानीले मियामीको खानेपानी स्रोतमा केही समस्या थपिदिन्छ । सन् १९३० मा यो समस्या पत्ता लागेको थियो । समुद्रको नुनिलो पानी खानेपानीको स्रोतमा मिसिएपछि समस्या बढेको थियो ।

मेक्सिको सिटी, मेक्सिको

मेक्सिको शहरमा २.१ करोड बासिन्दाले पानीको संकट व्यहोरिरहेका छन् । यहाँ हरेक पाँचमा एक ब्यक्तिले केही घण्टामा पानी पिउन पाउँछन् । शहरमा बस्नेमध्ये २० प्रतिशत नागरिकले दिनमा केही समय मात्रै पानी पाउँछन् ।

शहरमा बस्नेमध्ये ४० प्रतिशतले पानीको विभिन्न स्रोत प्रयोग गर्छन् । यहाँ फोहोर पानीलाई शुद्ध बनाउने कुनै प्रविधिको उपयोग गरिएको छैन । ४० प्रतिशत पानी पाइपको चुहावटबाट खेर जाने गरेको छ ।

-बीबीसी हिन्दीबाट

 

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage