scheduleशनिवार आश्विन ४ गते, २०७६

साथी, दुई वर्षमै पछुताउने कि विश्वविद्यालय जाने ?

सचिन आचार्य

‘सुन न यार जसरी हुन्छ मिलाउन परो ! म बरु ५० मान तिर्छु तर मिलाउन परो ! बिजोक भयो यार !’
‘दाई तपाईको कम्पनि त बबाल छ रे ! लौन मिलाउनु परो । जसरी नि बरु के कति लाग्छ म रेडी छु । बर्बाद छ दाई लाइफ ।’

यो वर्षको मार्चमा ग्य्राजुएट भएका र अब मार्चमा ग्य्राजुयसन हुने साथीहरुको मलाई प्रत्येक दिन आउने म्यासेज हुन् यी ।

जापानीज भाषाको दुई वर्ष पढाई सकेर धेरैलाई युनिभर्सिटी जान पाइन्छ भन्ने पनि थाहा छैन कतिले युनिभर्सिटी महंगो हुने र भाषा पनि एन दुईसम्मको चाहिने भएर पनि जापानी भाषामा भनिने सेनमोन गाक्को जाने निर्णय गर्छन्, तर यो सोचाई गलत हो भन्ने थोरैलाई मात्र थाहा छ । धेरैको यस्तो पनि सोच हुन्छ युनिभर्सिटी गए ४ बर्ष पढ्नु पर्छ कहाँ अब पनि फेरि ४ बर्ष पढ्नु सस्तो सेनमोन जाने २ बर्षपछि टक्क स्युसोकु गर्ने सक्की गो नि !

जापानीज भाषाको कक्षा सक्दासम्म के थाहा हुन्न भन्दा के पढे के हुन्छ ? सबै सस्तो सेनमोनको पछाडि दौडिने, अझ बिहान काम सकेर गाक्को पुगेर टक्क सुत्न पाइयो भने त आहा सुनमा सुगन्ध भैगो । आफ्नो खुट्टामा आफैं बन्चरो हानेको थाहा हुदाँहुँदै पनि यस्तो सोच्नेलाई जापानीजहरु ‘बाका यारो’ भन्छन् ।

आज भरखर एकजाना साथीको म्यासेज आयो, ‘के छ यार ! पैसा छापेको छौ करे हगि ?’ मैले जवाफ दिएँ, ‘जो मान्छेले सुतेको बेला पनि पैसा कमाउछ नि हो…. ! तैंले चाहिँ छाप्छ होला मैले त टाइम कार्ड हाल्नुपर्छ र ११ घण्टा ढाड खुस्किने गरी काम ठोक्नु पर्छ राजा ।’

मलाई पैसा छापेको छस् नि भन्ने मित्र अस्ति मार्चमा फुकुओकाको सेनमोन गाक्को सकेको साथी हो । कुरा गर्दै गएपछि लास्टमा उनले भने, ‘म त नेपाल जान्छु यार यो देशमा हुँदैन सेन्मोनले डुवायो बुद्धि पुगेन उ बेला ।’

गत बर्ष सेन्मोन गाक्कोबाट जापानीज कम्पनीमा नाम निकाली भिषा नपाउनेमध्ये ऊ पनि एक हो । छोटो सोचाई, सस्तो पैसा, चिल्ला गान्स्योले सेनमोनतर्फ विद्यार्थीको ध्यान आकर्षण गर्छ । मलाई लाग्छ सेनमोन गाक्को पढ्ने अधिकांश विद्यार्थी २ वर्षमै पछुताउन सुरु गर्छन् । यो लेखक पनि सेनमोन गाक्कोबाटै यही मार्चमा सोचुगियो भएको एक पात्र हो भन्ने यहाँ जानकारी गराउन आवश्यक ठाने ।

हिजो फेसबुकमा मैले मेरो सेनमोन गाक्कोको गान्स्योमा रहेको एक पेज देखेको थिएँ । पेज चिल्यो थियो । बडा ठूलो फोटोमा हामीले ‘गत वर्ष यतिजनालाई सिस्टम इन्जिनियर बनाउन सफल भयौं, आउनुहोस् तपाईलाई पनि स्वागत छ’ भनी एक नेपाली मित्रको फोटो छापिएको थियो विचरा जसको फोटो छापिएको थियो उसको गुनासो सुनिसाध्य थिएन फेरि ।

केही महिनाअघि म फुकुओकाको स्टुडेण्ट सोसाइटीले आयोजना गरेको एक कार्यक्रममा भाग लिने मौका पाको थिएँ । इमिरिगेसनका व्यक्तिले स्पिच दिने क्रममा भने, ‘तपाई युनिभर्सिटी जानुस् है । हामीलाई सेनमोन अलि कस्तो कस्तो लाग्छ ।’

उनले यो वाक्य भन्न हुने थियो या थिएन मलाई थाहा छैन । तर विश्वविद्यालय पढ्नुस् भनेको चाहिं विदेशी विद्यार्थीको लागि सही थियो भन्ने मेरो बुझाई छ ।

गत साल सेनमोन गाक्को सकेर स्युसोकुको सपना बोकेर बसेका मेरा प्रिय मित्रहरु अब फेरि युनिभर्सिटी पढ्ने मुडमा छन् । ‘दाई गाकु जानु पर्‍यो अब । मैले त त्यही सोच बनाएँ तर लिन पो के गर्छ सेनमोनले डुबायो  !’

एक हप्ताअघि फुकुओकाको मेरो मित्र फोनमा बिलौना गर्दै थिए । क्राइटएरिया सानो भएकाले साँच्चि नै सेनमोन गाक्को पढ्नेलाई काम पाउन मुस्किल छ । तर यस्को मतलब यो होइन कि सेनमोन कामै छैन । त्यहाँबाट प्रगति गर्नेहरु पनि छन् तर औसतमा यो प्रतिशत निकै कम छ । अर्को उदाहरण चिवा केनमा एक सेनमोन सकी स्युसोकुको लागि अप्लाई गरेका बाग्लुङका एक साथीको ६ महीनामा भिजा रिजेक्ट भयो । कारण ‘यो काम तपाईको सेनमोनको सिखाकुले भ्याउँदैन कि त जापानको दाईगाकु जानुस् कि त नेपालको दाईगाकुको सर्टिफकेट पेस गर्नुस् ।’ इमिरिगेसनको यो जावाफले हिजो आज ऊ हावाकावा भएको छ । ‘भिषा हुनेबेलासम्म काम गर्छु अनि नेपाल जान्छु म त,’ उस्को पनि उही गुनासो सेन्मोन गएकोमा पछुतो ।

नेपाली पीडितका लागि महान मानिने बंगाली अली भाइको कथा बेग्लै छ यो पाली । गत मार्चमा सेन्मोन सकेर बंगालीको शरण परी ८० मान बुझाएका करिब १ दर्जन नेपालीको अझै भिषा आएको छैन । एक दुई जना टोक्योमा साथी भेटें ।

‘अब साइगो नो खामी सामालाई नभेटी भएन यार,’ एक साथी गफियो । फुकुओकाबाट भर्खर रोजगार भिषामा टोक्यो छिरेको । मैले आधा जापानीज र आधा नेपाली नै बुझिनँ । फेरि सोधेँ, ‘यो साईगोनो खामी सामा चाहिं को हो फेरि ?’

मैले प्रश्न राखेँ, ‘अलि भाइ हुन् अलि भाई साईगोनो खामी सामा ।’ उसको उत्तरले एकछिन पक्लक्क परेर सिसाको एक गिलास पानी तनक्कै पार्न बाध्य भएँ म ।

८० मान बुझाएर भिषाको लागि अलिको शरणमा पुगेका आफ्नै मित्रको कथा सुनाएपछि उनीहरु पनि अब नेपाल फर्कने सोचमा पुगेका छन् । कारण उही हो सेनमोन सोचुगियो । अनि काम पाउन मुस्किल । अलिलाई ८० मान बुझाएर भिषाको पर्खाइमा रहेका हेटौडाका कृष्ण कम्पनीले कामबाट निकाली दिएपछि हिजोआज गुन्मा केनमा अर्को एजेन्ट खोज्न ठाउँठाउँ चारिरहेका छन् ।

‘बुढीले जापान लान्छु भनेर बिहे गर्नुभ’को हैन’ भन्छे । आफ्नो यहाँ भिषाले दिनु तनाव दिएको छ । ५ महिना भो एप्लाई गरेको के भन्नु हिजो आज बुढीको फोन नै उठाउदिन यार म त !

स्याङ्जाका दिपक खरेलको आफनै गनथन छ । उनी लगायतसँगै काम गर्ने अन्य चार साथीलाई बेलैमा युनिभर्सिटी नगएकोमा खुब पछुतो छ । जापानमा सेनमोन गाक्कोबाट भविष्य नै छैन भन्न यो लेखकले खोजेकै होइन । आमरुपमा मिडल क्लास नेपाली भित्रने यो देशको भित्री कथा अझ छुट्टै छ । मुख्य आय स्रोत मानिएको अटो मोबाईल्स सेनमोन कलेज जाँदा जागीर पाउने सम्भावना प्रवल छ । निकै चर्चामा रहेको खाइगो (कियर गिभर) सेन्मोनमा मानिसको भविष्य उज्वल छ । बिजनेसका नाममा खोलिएका आईटी बिजनेश कलेज र दुईटा कम्प्युटर देखाएर चिल्लो पेपरमा गान्स्यो तयार पार्ने आईटी कलेजलाई बेलैमा चिन्न सकेको भए सायद माथिका ती पात्रले यो स्थिति भोग्नुपर्ने थिएन ।

यो लेखक हाल स्वयम् एक आईटी कम्पनीमा सिस्टम इञ्जिनियरको काम त गर्छ तर, स्वयम् जापानको युनिभर्सिटी पढ्न नपाएकोमा दुःखी छ । त्यसैले दुई बर्षपछिको पछूतो आज नै महसुस गरी आफनो उज्ज्वल भविष्यका लागि कुन र कस्तो युनिभर्सिटी जानेबारे आजै सोच्नुस् है त ! भोलि ढिला होला फेरि !

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage