scheduleशनिवार आश्विन ४ गते, २०७६

जेआरएफद्वारा जापानमा अर्को शाखा बिस्तार

फुकुओका, २४ मंसिर । जापानबाट नेपाललगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको जापान रेमिट फाइनानस (जेआरएफ)ले इकेबुकुरोपछि आफ्नो अर्को शाखा विस्तार गरेको छ । जापानको साइतामा केनस्थित खावा गुची शिको खावा गुची स्टेसनस्थित कार्यलयको आईतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

शाखा बिस्तार कार्यक्रममा जेआरएफबाट पैसा पठाएमा नेपाल अधिराज्य भरिकै बैंकमा जम्मा गर्न सकिने जानकारी दिइयो । नेपालका सम्पूर्ण बैंकमा बैंक डिपोजिट र नेपालका ९ हजारभन्दा बढी एजेन्टबाट रकम भुक्तानी लिन सकिने कम्पनीका नेपाल डिभिजन प्रमु्ख ॠषि आचार्यले बताए ।

कम्पनीले हालसालै सञ्चालनमा ल्याएको ब्ल्याक कार्ड र रेड कार्डबारे पनि जानकारी दिए । उनले रेड कार्डमार्फत् ग्राहकले आफैंले जेपी बैंकमार्फत् आफूले चाहेको व्यक्तिलाई रकम पठाउन सकिने जानकारी दिए । ग्राहकको मागलाई ध्यान दिँदै खावागुचीमा पनि जेआरएफको शाखा बिस्तार गरेको खावागुची शाखा म्यानेजर ईश्वर भट्टराईले जानकारी दिए ।

लामो समयदेखि राम्रो सेवा प्रदान गर्दै आएको जेआरएफले छिटो, छरितो र विश्वासिलो ढंगबाट सेवा प्रवाह गरिरहेको दावी गर्दै आएको छ । जेआरएफ उच्च दर र राम्रो सेवाका कारण जापानमा रहेका
प्रवासी नेपाली ग्राहकबीच लोकप्रिय रहेको छ ।
जापान रेमिट फाइनान्स (जे आर एफ ) को आफ्नै कम्पनी भेतनाम फिलिपिन्स, मलेसिया ,बाङ्लादेश ,कोरियामा पनि रहेको छ । छिट्टै नै युरोपियन देशहरूमा पनि यसको शाखा खिलिने कुरा सोही कार्यक्रममा जानकारी समेत गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage