scheduleशनिवार आश्विन ४ गते, २०७६

क्युसु समिट-२०१९ किन ?

धर्मराज अधिकारी

जापानको क्युसु क्षेत्रमा हाम्रो नेपाल हामी नेपाली अभियानद्वारा क्युसु समिट आयोजना गरेको छ ।
क्युसु समिट २०१९ नै किन ?
१. क्युशुमा नेपाली जनसंख्याको द्रुततर विकास सँगसँगै विविध समस्याहरुको पनि वृद्धि
२. दर्जनौं नेपाली संघसंस्थाहरुको जन्म र समायोजन र सहकार्यको खाँचो
३. संघ संस्थाहरुको एकआपसमा सूचना र सञ्चारको कमि, आम सञ्चार र सामाजिक सञ्जालको उचित प्रयोग
४. संघसंस्थाहरुको घोषित उद्देश्य सञ्चालन विधि, सहभगिता, नेतृत्व छनौट र नेतृत्व व्यवहार
५. हामीलाई कस्तो समाज ? कस्तो वातावरण ? कस्तो नेतृत्व ? कस्तो सम्बन्ध आवश्यक हो ?
६. हाम्रा सामाजिक संस्थाहरुको व्यवस्थित सञ्चालनमा हाम्रो दायित्व के हुन सक्छ ?
७. हाम्रो प्रवासी नेपाली समाजको कमि के हो ? कमजोरी के हो ? यसको उपचार के हो ?
८. जापानमा भविष्य बनाउन आएका हाम्रा युवायुवतीहरुको वर्तमान अवस्था के छ ? के उनीहरु सहि बाटोमा छन् अथवा उनीहरुलाई हामी अगुवाहरुको अध्यन, अनुभव र सहयोगको खाँचो छ कि ?
९. जापान सरकारको श्रमिक बजार सम्बन्धि नयाँ नीति र जापानी समाजमा देखिएको जनसक्तिको कमिको सन्दर्भमा नेपाली समाजले उठाउन सक्ने लाभ के हो र कसरी लिने ?
१०. हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो भेषभुषा, हाम्रो खानपिनको मात्र नभई बुद्ध जन्मेको देश नेपाल सगरमाथाको देश नेपाल, हिमाल पहाड तराईको सुन्दर संयोजन भएको प्रकृतिको वरदान पाएको हाम्रो देश नेपाललाई जापानी समाजमा चिनाउने कसले ? र कसरी चिनाउने ? नेपाल फेस्टिवल तथा फुकुओका डानताकूमा हाम्रो भूमिका आदि ।
आउनुहोस् यिनै र यस्तै कुराहरु एकै ठाउँमा बसेर खुला मनले छलफल गरौँ । समस्याको पहिचान गरौं । र, समाधानको खोज गरौँ भन्ने हाम्रो नेपाल हामी नेपाली अभियानको पहिलो प्रयास हो – प्रथम क्युशु समिट २०१९ फेब्रुअरी १० ।
यस बृहत अन्तरक्रियात्मक कार्यक्रमले प्रवासी नेपाली समाजलाई अनुशासित, मर्यादित र समृद्धशाली बनाउनुका साथै क्युशुमा रहेको नेपाली समाजलाई एकता र सद्भावपूर्ण बनाउँदै हाम्रो नेपाल र हामी नेपालीको शीर ठाडो पार्ने कार्यमा महत्वोपूर्ण योगदान गर्ने छ भन्ने विश्वास गरिएको छ । तसर्थ, यस छेत्रमा रहनुभएका सम्पूर्ण संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहनुभएका महानुभावहरु तथा अन्य क्षेत्रमा सक्रिय शिक्षक, बुद्धिजिवी, व्यापारी, विद्यार्थी, श्रमिक, पत्रकारज्युहरुको यस समिटमा सक्रिय सहभागिता, अनुभाव सुझाव सल्लाहको अत्यन्त धेरै महत्व र खाँचो छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage