scheduleशनिवार आश्विन ४ गते, २०७६

सफल पारौं नेपालीको गौरव ‘नेपाल फेस्टिवल फुकुओका’

लक्ष्मण बनिया

सम्पूर्ण जापानबासी नेपालीहरुमा नमस्कार !

९ औं नेपाल फेस्टिवल फुकुओका-२०१९ अप्रिल ६ र ७ मा हुन गैरहेको जानकारी गराउन चाहन्छु । यो ऐतिहासिक महोत्सव हामी सबैको साझा र नेपालको गौरव बोकेको धेरै नै महत्वपूर्ण कार्यक्रम हो । यसको नेतृत्व एनआरएनए क्युस्यु संयोजकको हैसियतले मैले पाएको छु । यसमा सबैको साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछु ।

नेपाल फेस्टिवल भन्ने बित्तिकै हाम्रो दिमागमा नेपालको झझल्को आउँछ । तसर्थ, नेपालको बिशेषताहरुलाई समेटेर नेपालीपन झल्कने प्रयास गर्नेछौं । नेपाली टिपिकल खाना, नेपालका विभिन्न जातजातिहरुको संस्कृति, भेगीय भेषभुष, राष्ट्रिय गौरवहरु गौतम बुद्ध, सगरमाथा आदिलाई विशेष ध्यान दिँदै, नाँच्दै-गाउँदै जापानीज नागरिकहरुलाई यी कुरा बुझाउने प्रयास यस फेस्टिवलमा गरिने छ ।

विगत आठ वर्षदेखि निरन्तरता दिँदै आजसम्म महत्त्वपूर्ण योगदान गर्नुहुने सम्पूर्ण अग्रज तथा साथीहरुप्रति हार्दिक नमन गर्दै यस वर्ष पनि विगतजस्तै साथ सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु ।

यस फेस्टिवलमा जापानस्थित नेपाली राजदूतावासको पनि साथ र सहयोग रहने कुरा जानकारीमा आएको छ । त्यस्तै एनआरएनए जापान लगायत धेरै व्यक्तित्वहरुले साथ र सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नेपाल फेस्टिवल कसरी सभ्य र भव्य बनाउन सकिन्छ- सबैले आ-आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु पनि भएको छ ।
हामीले नेपाल फेस्टिवलमा दिनुपर्ने र परिवर्तन गर्नुपर्ने कुराहरु धेरै छन् त्यसैले चुनौतीहरु थपिएको छ । चुनौतीको बावजुद् पनि हामीमा उत्साह पनि उत्तिकै छ ।

क्युस्युमा रहेका नेपाली समाजहरू जुन म आफैंले नेतृत्व गर्दै गरेको एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशीप लायन्स क्लब, जातीय संस्था, क्षेत्रीय संस्था र सपोर्ट क्लबहरुले सक्रियरुपमा साथ दिइरहेका छन् र जो छुट्नु भएको भए यसै मार्फत् सहभागिता जनाउन विनम्र अनुरोध समेत गर्दछु ।

प्रत्येक वर्ष विगतभन्दा धेरै नै राम्रो, गुणस्तरीय र सहभागिता पनि बढ्दै गएको छ । यस वर्ष अझ भव्य र व्यापक हुने कुरा विश्वस्त पार्न चाहन्छु । नेपाल फेस्टिवलको सञ्चालक समिति गठन गरी सकेका छौं । संचालक समितिमा यसपटक जापानिजहरुको पनि उल्लेख्य सहभागिता रहेको छ, जसले कार्य सम्पादन सहज सँगसँगै गुणस्तरीय पनि भएको छ । स्टल बुकिंग खुल्लासँगै धमाधम बुकिंग पनि भैरहेको छ । अझ बुकिंग गर्न बाँकी रहनुभएका महानुभावहरुलाई सकेसम्म छिट्टो बुकिंग गरी दिनुहुन पनि अनुरोध गर्दछु ।

त्यस्तै सांगीतिक कार्यक्रम, परेड, प्रचारप्रसार अन्य विविध तयारीहरु व्यापकरुपमा भैरहेको छ । आर्थिक संकलन, नेपालीपन झल्कने खालका कार्यक्रमहरुको पनि तयारी भैरहेको छ । विभिन्न सामाजिक संघ संस्था, व्यक्तिहरुले आफुले जानेको बुझेको र गर्न सकिने कुराहरु तयारी गर्न पनि अपिल गर्दछु । विभिन्न जातीय एवं क्षेत्रीय संघसंथाहरुलाई पनि आफ्नोपन झल्कने तयारी गर्न पनि अनुरोध गर्दछु ।

फुकुओकामा भएका नेपालीहरु मात्र नभई जापानको विभिन्न शहरहरुमा हुनुभएका सम्पूर्ण नेपाली दाजु भाइहरुलाई नेपाल फेस्टिबल फुकुओकामा चुले निम्तो गर्न चाहन्छु । यस विशेष कार्यक्रममा तपाईंहरुको सहभागिता, सुझाव र हौसलाले अझ व्यापक हुनेछ ।

नेपाल फेस्टिबल फुकुओका पूर्णरुपमा नेपाल चिनाउने पर्व भएको हुँदा तपाई र तपाईका एकजना जापानीज या विदेशी लिएर आउन अनुरोध पनि गर्दछु । यो विशेष कार्यक्रम सफल पार्न सहयोगी दाताहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले, सम्पूर्ण जापानबासी व्यवसायी, समाजसेवीहरुलाई आफूले सकेको आर्थिक सहयोग लागि पनि अनुरोध गर्दछु ।


(बानियाँ नेपाल फेस्टिबल फुकुओका- २०१९ का संयोजक हुन्)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage