scheduleआइतवार आषाढ़ १ गते, २०७६

यसरी चल्दैछ फुकुओकामा नेपाल फेस्टिबलको तयारी

फुकुओका, १२ फागुन । फुकुओका जापानमा नेपाल फेस्टिबलको भव्य तयारी भइरहेको आयोजकले जनाएको छ ।

एनआरएन क्युस्युको नेतृत्वमा फुकुओका नेपाल सोसाइटी, लगायत स्थानीय सामाजिक संघसंस्थाहरुको आयोजना र नेपाली राजदूतावासको विशेष सहयोगमा नेपाल महोत्सवको आयोजना गरिएको हो ।

आगामी अप्रिल ६ र ७ मा आयोजना गरिएको नेपाल महोत्सवमा स्टल राख्न इच्छुक महानुभावहरुलाई आयोजकले सम्पर्कको लागि अपिल गरेको छ । नेपाल महोत्सव फुकुओका २०१९ को स्टल व्यवस्थापन गोलाप्रथा अनुसार गरिने पनि आयोजकले जनाएको छ ।

उक्त गोलाप्रथा नेपाल फेस्टिवल फुकुओका २०१९ कार्य समितिको बैठक २०१९ मार्च ९ तारिखमा गर्नेछ ।

खाद्यान्न स्टल राख्न दुई दिनका लागि ६ मान ५ हजार येन तोकेको छ भने सेवामुलक स्टलको लागि २ मान येन तोकेको छ । व्यापारिक स्टलका लागि भने ५ मान येन रहेको छ ।

केहि स्टल अझ बाँकी रहेकोले इच्छुक एवं छुट्नु भएका महानुभावहरुलाई बुकिङ्ग गरी आफ्नो सिट सुरक्षित गर्न नेपाल फेस्टिवल फुकुओका २०१९ का संयोजक लक्ष्मण बानियाले अनुरोध गरेका छन् ।

जापानको विभिन्न शहरहरुमा नेपालीहरुको बसोबाससँगै क्युस्यु क्षेत्र विशेषगरी फुकुओका नेपालीहरुको बसोबास गर्ने दोस्रो ठूलो शहर अन्तर्गत पर्दछ ।

स्टलसम्बन्धि जानकारी चाहिएमा संयोजक भीमबहादुर गुरुङ ०९०-२९६१-४२७५ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage