scheduleमगलवार आषाढ़ ३ गते, २०७६

के जापानमा फेर आउँदैछ भयानक सुनामी ? यो ‘रहस्यमय’ माछाले बढायो चिन्ता

फुकुओका, १३ फागुन । जापानमा ११ मार्च २०११ मा आएको भयानक भूकम्प र सुनामीपछि क्षति सम्झँदा पनि सातो जान्छ । उक्त घटनामा २० हजार मानिस मारिएका थिए । अब फेरि एकपटक त्यस्तै घटनाको चर्चा चल्न थालेको छ । यसको कारण हो समुद्रमा दुर्लभ माछा देखिनु ।

हालसालै जापानको ओकिनावा द्वीपको आसपास माझीहरुले समुद्रमा १३ फिट लामो दुई ओरफिश देखे । जापानमा यस्तो मानिन्छ कि यस्तो माछा देखिँदा त्यहाँ भूकम्प र सुनामी जस्तो दैवीप्रकोप हुन्छ । उनीहरुले ती माछा समाते । माझीहरुका अनुसार ती माछाहरु एकदमै रहस्यमय थिए ।

विशेषज्ञहरुका अनुसार, आमरुपमा ओरफिश समुद्रमा १ हजारदेखि ३ हजार फिट गहिराईमा बस्छन् । यिनीहरु समुद्रको माथि त्यतिबेला आउँछन् जतिबेला समुद्रको तल्लो भागमा हलचल अथवा कम्पन हुन्छ । त्यसर्थ,यस्ता माछालाई भूकम्पको संकेत दिने संकेतसूचकको रुपमा लिइन्छ ।

स्थानीय मिडियाहरुमा प्रकाशित खबरका अनुसार पछिल्लो केही दिनमा त्यस्ता सातवटा दुर्लभ माछाहरु भेटिएका छन् । स्मरणीय छ, यसअघि २०११ मा जापानको समुद्री तटमा यस्ता माछाहरु भेटिएका थिए । लगत्तै जापानमा भयानक भूकम्प र सुनामी आएको थियो । जसमा परी ठूलो जनधनको क्षति भएको थियो । यसै कारण यस्तो माछा भेटिँदा जापानमा चिन्ता बढिरहेको छ ।

यद्यपि, वैज्ञानिकले जापानमा भूकम्पको हल्लालाई खारेज गरिदिएका छन् । उनीहरुका अनुसार यस्तो माछा भेटिनु भूकम्प आउने प्रमाण वा संकेत हुन सक्दैन । उनीहरुका अनुसार पर्यावरणमा आइरहेको परिवर्तनका कारण यस्ता माछाहरु समुद्रको माथि आएका हुनसक्छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

आजको लोकप्रिय

default-addImage
default-addImage