scheduleमगलवार आश्विन २८ गते, २०७६

वाजिरोमा पनि ‘क्याप्टेन’

फुकुओका , ७ चैत । फुटबल खेलाडीको भूमिकामा रहेका सुपरस्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ वाजिरो नेपाली सेवा समाजको आयोजनामा जापानको वाजिरोमा प्रदर्शन हुने भएको छ ।

जापानको फुकुओका शहरको कोमिसेन वाजिरो हलमा अप्रिल ३ तारिख साँझ ६ बजेबाट हुने भएको छ ।
चलचित्रमा अनमोल केसीका अलवा डेब्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एनभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, सुर्यमाला खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
यस फिल्ममा अनमोलको जीवनमा आउने आरोह अवरोहलाई देखाइएको छ ।

गत वर्ष रिलिज गरिएको ‘कृ’पछि रिलिज हुन लागेको अनमोल यो छैटौं फिल्म हो । यो फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।

यसअघि कात्तिक १६ रिलिज गर्ने चर्चा चलेपनि अब फिल्म फागुन २१ गते रिलिज हुने भएको छ। दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् ।

नेपाली फिल्म पहिलो पटक वाजिरोमा आयोजना गरिएको छ । नेपाली चर्चित फिल्म क्याप्टेन देखाउन लागेका संयोजक बिबेक बुढाथोकीले हलसम्म आउनको लागि अनुरोध गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

आजको लोकप्रिय

default-addImage
default-addImage