scheduleसोमवार भाद्र २ गते, २०७६

नेपाल फेस्टिवलः कम्तिमा एक विदेशी लिएर जाऔं

अर्जुन थापा
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब चार्टर प्रेसिडेन्ट

नेपालको कला, संस्कृति, संस्कार जापानीजहरु माझ देखाउने उद्देश्य तथा बुद्ध जन्मेको देश, सगरमाथाको देश र प्राकृतिकरुपले सुन्दर देश भनेर नेपाल फेस्टिवल फुकुओका विगत ९ वर्षदेखि तेन्जिन सेन्ट्रल पार्कमा मनाउँदै आइरहेका छौं ।

यस वर्ष पनि विगतका वर्षहरु झैँ नेपाल फेस्टिवल मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चालक समितिमार्फत एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी नेपाल जापान फ्रेन्डशीप लायन्स क्लब लगायत दुई दर्जनभन्दा बढी संघ-संस्थाहरुको सक्रियता र नेपाली राजदूतावास जापान र पर्यटन बोर्डको विशेष सहयोगमा कार्यक्रम हुने भएको छ ।

यही अप्रिल ६ र ७ तारिख तेन्जिन सेन्ट्रल पार्कमा नेपाल फेस्टिवल हुँदैछ। यसको नेतृत्व यस पटक एनआरएनए क्युस्यु संयोजक लक्ष्मण बानियाँले गर्नुभएको छ ।

यसपटकको नेपाल फेस्टिवलका प्रमुख आकर्षकहरु-
१. निशुल्क स्वास्थ्य शिविर (नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब )
२. विभिन्न जनजातिहरुको बिशेष प्रस्तुति
३. जापानीजहरुको कमेडी, नृत्य आदि
४. नेपालका चर्चित कलाकार स्वप्न सुमनको निःशुल्क कन्सर्ट
५. परेड
६. विभिन्न स्टलहरु

जापानको फुकुओका आसपासको विभिन्न क्षेत्रहरुमा पोस्टर, पम्फ्लेटहरु जापानीज नागरिकहरुलाई बाँढ्दै, नेपाली इन्डियन रेस्टुरेन्टहरुमा पोस्टरहरु टाँस्दै कार्यक्रमको प्रचारप्रसारमा जुटिरहेका छौं ।त्योसंगै जापानीज चर्चित विभिन्न मिडियामार्फत् नेपाल फेस्टिवल फुकुओकाबारे प्रचार प्रसार गरिरहेका छौं । नेपाली विभिन्न मिडियाहरुले पनि प्रचारप्रसार गर्दै आइरहेका छन् ।

नेपाल र जापानको कुटनीतिक सम्बन्ध ६२औं वर्ष भएको छ । आज भन्दा ६/७ वर्ष अधि १८ हजार जति नेपालीहरु छन् भन्ने सुनिन्थ्यो तर, अहिले लगभग ८० हजारको हाराहारीमा नेपालीहरु रहेको छन् भन्ने तथ्यहरु सार्वजनिक भएको पाइन्छ । जापानमा मुख्यतः नेपालीहरु व्यवसाय, रोजगारीहरु र विद्यार्थीहरु रहेको पाइन्छ । पछिल्लो समय जापान सरकारले विदेशी कामदार ल्याउने नीतिसँगै नेपालीहरुको जापानमा रोजगार सम्बन्धि चासो समेत बढेको छ ।

जापानमा नेपालीहरुको अध्ययनको लागि आगमन सुरुवात सन् १९०२ बाट भएको पाइन्छ । जुनबेला ८ जना नेपाली विद्यार्थीहरुलाई जापान सरकारले भिसा दिएर सुरुवात गरेको थियो भने अहिले त्यो हजारौको संख्यामा परिणत भएको छ । जापानको फुकुओकामा लगभग ८ हजारको हाराहारीमा हामी नेपालीहरु रहेकोमा अधिकांश विद्यार्थीहरु रहेको तथ्यांकहरू पाइन्छ । जसले गर्दा फुकुओकामा एउटा सबैलाई समेट्न सक्ने, विद्यार्थीहरुको भावनासँग मेल खान सक्ने कार्यक्रमहरु गर्न आवश्यक ठानिन्छ । जसमध्ये नेपाल फेस्टिवल पनि एउटा महत्वपूर्ण कार्यक्रम अन्तर्गत पर्दछ ।

नेपाल एउटा यस्तो देश हो जहाँ १०० भन्दा बढी जातिका आफ्नै खालको संस्कार, संस्कृति छ । यी सबैलाई समेट्ने उद्देश्यका साथ नेपाल फेस्टिवल फुकुओका मनाउना गईरहेका छौं । यसको प्रमुख महत्व दुईवटा छ। पहिलो ढकमक्क साकुरा फुलेको फूलको उमङ्गसँगै नेपाली कला, संस्कृति र संस्कारअनुसार नेपालको नयाँ वर्ष मनाउन पाउनु र अर्को नेपालबारे प्रष्टरुपमा जापानीजलगायत विदेशीहरुलाई बुझाउन पाउनु अवसर हो । यो अवसरलाई सदुपयोग गर्न अपिल गर्दै जापानबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिता हुन अनुरोध गर्दछु ।

सन् २०११ देखि फुकुओका नेपाल सोसाइटीको नेतृत्वमा बंगलादेशका नागरिकहरुसंग संयुक्तरुपमा वैशाखी मेलाको नामले नेपाली कला, संकृति जापानीजहरुमाझ देखाउने कार्यक्रम गरिन्थ्यो । २०१७ मा नेपालीले मात्र वैशाखी मेला (नेपाल फेस्टिवल) मा परिणत गरी भव्यरुपमा सम्पन्न गर्‍यौं । सन् २०१८ भने पूर्णरुपमा नेपाल फेस्टिवलको बनाउँदै भव्यरुपमा सम्पन्न गर्न अग्रसर भएर लागिरहेका छौं ।

मैले २०१६ बाट कार्यसमितिमा रहेर काम गर्ने अवसर पाउँदा आफैंमा गौरवान्वित भएको छु । सन् २०१७ को यस कार्यक्रममा नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबले निःशुल्क हेल्थ क्याम्प गर्ने अवसर मिल्यो जसको लागि त्यस वर्षको सञ्चालक समिति र नेपाली चिकित्सकहरुलाई मुरीमुरी धन्यवाद व्यक्त गर्दछु । त्यस्तै यस वर्ष पनि म आफैंले नेतृत्व गरेको नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जापानबासी सम्पूर्ण महानुभावहरुलाई स्वास्थ्य जाँच गर्न हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, फुकुओकामा अवस्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरुको साझा कार्यक्रम नेपाल फेस्टिवल २०१९ त्यसमा पनि सबै संस्थाहरुको प्रतिनिधित्व हुने गरी आयोजकको भूमिका बहन गर्नु हुने सम्पूर्ण सामाजिक नेतृत्वहरुलाई मेरो जिम्मेवारी र काम हो भनी मनन गर्दै नेपाल र नेपालीको लागि केहि गर्ने अठोट सहित सक्रिय भई सञ्चालक समितिलाई सुझाव सल्लाह र हौसलाको साथसाथै सक्रिय जिम्मेवार नेपालीको छोराछोरी बनौं ।

२०१९अप्रिल ६ र ७ को दिन नेपाल फेस्टिवल फुकुओका २०१९ मा कम्तिमा एकजना अर्थात् विदेशीलाई साथमा लिएर जाउँ, भव्य, सव्य र ऐतिहासिक नेपाल फेस्टिवल बनाऊँ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage