scheduleबिहिवार भाद्र ५ गते, २०७६

काठमाडौं उपत्यकामा सुरु भयो सशुल्क ओल्डेज होम

काठमाडौं, २० वैशाख । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुविधा सम्पन्न ओल्डेज होम सञ्चालनमा आएको छ । पछिल्लो समय नेपाली समाजको व्यस्त जीवनशैलीले स्वदेश वा वैदेशिक रोजगारी कारण बुबा आमा तथा ज्येष्ठ अभिभावकहरुलाई आवश्यक समय दिन कठिनाई भइरहेको अवस्थामा वृद्धाश्रमको सुरुवात गरिएको हो ।

आफ्नो वृद्ध बुवा आमालाई यथोचित हेरविचार गर्ने समय र तीव्र व्यस्तता तथा भौगोलिक दूरी लगायतको अवस्थालाई ध्यानमा राखी ज्येष्ठ नागरिकका बारेमा लामो अध्ययन अनुसन्धानपश्चात् काठमाडौं उपत्यकाभित्र शान्त र रमणीय वातावरणमा पञ्चवती होम ज्येष्ठ नागरिक आवास गृह सशुल्क सञ्चालनमा आएको छ ।

काठमाडौं नजिकै सुन्दर स्वच्छ वातावरणमा ज्येष्ठ नागरिकहरुका लागि लक्षित गरी दश रोपनी क्षेत्रफलमा पञ्चावती होम नामक सुविधा सम्पन्न आवास गृह सञ्चालनमा आएको सञ्चालकले बताएको छ । योगा, ध्यान तथा अन्य धार्मिक क्रियाकलाप, प्रवचनबाट मनलाई शुद्ध र शान्त बनाउने समयतालिका अनुसारको आहार विहारको उचित प्रबन्धसहित जीवनको उत्तरार्धलाई सक्रिय र सहजरुपमा उत्साहित जीवनयापन गर्ने उपयुक्त स्थानको रुपमा पञ्चावती होम रहेको यसका निर्देशक हेमराज गौतमले जानकारी गराएका छन् ।

व्यस्त जीवनशैलीका कारण चाहेर पनि आफ्ना बाबुआमा तथा ज्येष्ठ नागरिकहरुलाई उचित समय दिई रेखदेख गर्न कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गरी घरायसी वातावरणमा आरामदायी र सुरक्षित बसोबास उचित प्रबन्धसहित सञ्चालित यस आवास गृहमा आवश्यकता अनुसार छोटो तथा लामो अवधिका लागि बसोबास गर्न सकिनेको साथै डे केयर सेवा समेत उपलब्ध रहेको बताइएको छ ।

ज्येष्ठ नागरिकहरुलाई काठमाडौँमा स्तरीय सुविधा सम्पन्न सशुल्क आश्रम तथा आवास गृहको अभाव देखेर विदेश बसेको अनुभव संगालेका र त्यहाँको आश्रमहरुलाई पनि नजिकबाट नियालेका व्यक्तिहरुको समूहले चाँगु नारायण ९ ताथली भक्तपुरमा पञ्चावती होम सञ्चालनमा ल्याएका हुन् ।

सुरक्षित बसोबासको साथ शान्त र स्वच्छ वातावरण, स्वस्थ तथा पौष्टिक खानाको प्रबन्ध, सिङ्गल तथा डबल बेडका आरामदायी कोठाहरु, टिभी, इन्टरनेट, अटेच्ड ट्वाइलेट बाथरुम तथा चिसो तातो पानीको व्यवस्था, चौबिसै घण्टा सुरक्षा व्यवस्था तथा सिसिटिभी निगरानी, आवस्यकता अनुसार यातायातको व्यवस्था, निजी अर्गानिक गार्डन, स्वास्थ्य परीक्षण, योग, ध्यान तथा खेलकुद पञ्चावती होमको बिशेषताको रुपमा रहेको छ ।

ज्येष्ठ नागरिकहरुको सुविधाको लागि चौबिसै घण्टा नर्स, नियमित स्वास्थ्य जाँच, ‘डाक्टर अन कल’को व्यवस्थासहित उनीहरुको स्वस्थ र मनोरम दिनचर्याको लागि नियमित तालिका बनाएर विभिन्न खेलकुदहरु खेलाउने सञ्चालकहरु बताउँछन् ।

आवश्यकतानुसार धार्मिक भ्रमण गराउनुको साथै आधुनिक समयका बालबालिकाहरुलाई खेतीपातीको बारेमा ज्ञान दिलाउने र ज्येष्ठ नागरिकहरुसँग पनि अन्तरक्रिया गराउने उद्देश्यसहित, पञ्चावती होम भित्रैको आफ्नै एग्रो गार्डेन मा मोन्टेसोरी र प्रि-स्कुल तहका नानीहरुलाई पञ्चावती होममा भिजिट गराउने व्यवस्था पनि गरिएको चाँगुनारायन-९ ताथली, भक्तपुरमा सञ्चालित पञ्चावती होमका सञ्चालकहरु बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage