scheduleबुधवार आश्विन १ गते, २०७६

आदिवासी जनजाति महासंघ क्युस्यु अध्यक्षमा भीम गुरुङ

क्युसु, ९ जेठ । नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत आइतबार फुकुओकको मिनामी सिमीन सेन्टरमा सम्पन्न अधिवेशनले भीम गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा भीम गुरुङ, वरिष्ठ उपाध्यक्षमा धर्म महर्जन, उपाध्यक्षमा आशिष योन्जनलाई चयन गरेको हो ।

यस्तै महासचिवमा रोशनकुमार राई, सचिवमा सन्तमान शाक्य, सह-सचिवमा बसन्त घर्ती मगर, कोषाध्यक्षमा दिपक राना, सह-कोषाध्यक्षमा एलिसा लामा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ईन्द्र घले, सचिन नेम्वाङ, सुनिल श्रेष्ठ, प्रदिप श्रष्ठ,सजिना रन्जित, अनिश लामा रहेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूले जापानको क्यूस्यूमा रहेका सम्पूर्ण जनजातिसँग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरी नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशलाई सफल पार्न सम्पूर्ण फुकुओकाबासी नेपालीहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल आदिवासी महासंघले, जापानको क्यूस्यू क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली आदिवासी जनजातीसँग आबद्ध संघसंस्थालाई एकीकृत गरी जनजातिहरुको हकहित अधिकारको लागि भैपरि आउने समस्यामा आवाज उठाउने र व्यक्तिमा आएको समस्यालाई सामूहिक रुपमा समाधान गर्दै पहल कदमी गर्ने जनाएको छ ।

दुईवर्ष पहिले फुकुओकामा चयन गरिएको नेपाल आदिवासी जनजाती महासंग कार्यसमितीको नेतृत्व विष्णु तामाङले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष भीमबहादुर गुरुङले दुई वर्षे कार्यकालको योजनासहित सबै संघसंथाहरुसँग हातेमालो गर्दै जाने र नेपालीहरुको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

दुईवर्ष पूरा भए लगत्तै रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय महाधिवेशन कार्यसमिति गठन गरी दोस्रो महाधिवेशन सम्पन्न गरिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ नेपालमा वि.सं. २०४७ सालमा स्थापना भएको थियो । यो प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाती महासंघ हो । यो महासंघले एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय सरकारी मान्यता प्राप्त पाएको संस्था हो ।

नेपाल आदिवासी महासंघ जनजातिहरुको हक, हितका, अधिकारका लागि विश्वभरीका आदिवासी जनजातीहरुको संघसंस्थाहरुसँग सहकार्य गर्दै स्थापना कालदेखि नै निरन्तर क्रियाशील रहँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage