scheduleशुक्रवार आश्विन ३ गते, २०७६

फुकुओका नेपाल सोसाइटीको अध्यक्षमा योगेश कार्की

फुकुओका, २७ मे । फुकुओका नेपाल सोसाईटीको २४ औं अधिवेशनले योगेश कार्कीको अध्यक्षमा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्ष माधब सिग्देल , उपाध्यक्षहरु शिव शर्मा, र अर्का उपाध्यक्षमा ललिता तामाङ, प्रवक्तामा सुजन केसी, सचिवमा सूर्य बहादुर कुँवर, कोषाध्यक्षमा अजिब कुमार दाहाल, सदस्यहरुमा इन्द्र प्रसाद घले, मुक्ति नाथ ढकाल ,सन्जिब रेग्मी र अशोक सेडाई चयन भएका छन् ।

सहमतिकै आधारमा यसपटकको अधिवेशन सम्पन्न गर्ने निर्णयबमोजिम कार्यसमिति चयन गरिएको हो । सहमति कमिटीमा निवर्तवान अध्यक्ष नबिन अधिकारीको नेतृत्वमा एनआरएनए क्युसु संयोजक लक्ष्मण बनिया र निवर्तमान फुनेसो अध्यक्ष पुर्षोत्तम सिग्देल रहेका थिए । गत शनिबार फुकुओका शहरको मिनामी सिमिन सेन्टरमा उक्त अधिबेशन सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी, विशेष अथिहिहरु फुनेसो पुर्व अध्यक्ष छत्र दाहाल, कास्की पोखरा समाज क्युस्यु अध्यक्ष सन्तोष थापा भरत गौतम लगायत विभिन्न संघसंथाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति नवीन अधिकारी र कार्यक्रम सञ्चालन सुर्य कुँवरले गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले फुनेसोको इतिहास यसको विशिष्टताबारे चर्चा गर्दै संस्थाको प्रगतिको कामना गरेका थिए ।

सर्वसम्मत निर्वाचित अध्यक्ष योगेश कार्कीले त्यहाँ भएका सवै संघसंस्थाहरुसँग हातेमालो गर्दै विभिन्न अभियान चलाउने योजना सुनाए ।

फुकुओका नेपाल सोसाईटी सुरुवातका दिनहरुमा एकआपसमा नेपालीहरुबीच चाडपर्व मनाउने गरिन्थ्यो भने दिनप्रतिदिन बढ्दै गएको नेपालीहरुको चापसँगै यसको कार्य क्षेत्रहरु पनि बढ्दै गएको छ ।

विभिन्न सांगीतिक कार्यक्रमहरु, आपतकालीन अवस्थामा राहतका कार्यक्रमहरुसंगै विद्यार्थीहरुलाई आवश्यक पर्ने सन्देशमुलक कार्यक्रमहरु गर्दै सोसाइटीले सञ्चालन गर्दै आइरहेको छ । त्यसैगरी नेपाली कला, संस्कृति जापानीज नागरिकलाई परिचित गराउने प्रकारका विभिन्न कार्यक्रमहरु पनि सोसाइटीले सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage