scheduleबुधवार आश्विन १ गते, २०७६

साझा सद्भाव समूह जापानको संयोजकमा सुवेदी

फुकुओका, १ जुन । साझा सद्भाव समूह जापानको संयोजकमा कृष्णप्रसाद सुवेदी चयन भएका छन् । गत हप्ता सम्पन्न भेलाले १७ सदस्यीय ‘साझा सद्भाव समूह राष्ट्रिय संयोजन समिति जापान’ को गठन गरेको हो ।

सद्भाव समूह राष्ट्रिय संयोजन समिति जापानको सदस्यहरूमा गोविन्द रेग्मी (चिबा), सुवास पौडेल अविरल (ओकिनावा), नारायण गौतम (फुकुओका), प्रनोज बहादुर भण्डारी (चिबा), बसन्त तिमिल्सिना (फुकुओका), डिल्ली लिम्बु (फुकुओका), गणेश पौडेल (नागोया), गणेशप्रसाद गौतम (नागोया), गोविन्द श्रेष्ठ (टोक्यो), मिन कुमार डाँगी (सेन्डाई), राम कुमार केसी (चिबा), प्रकाश सुवेदी (फुकुओका), सुशील लामिछाने (कोची), उज्जल ढकाल (नागोया), मनोज भट्टराई (नागोया) र शिव थापा (फुकुओका) रहेका छन् ।

साझा विवेकशील पार्टीले पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताका चार खम्बामा टेकेर एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने लक्ष्य साथ स्थापना भएको बताएको छ ।

नेपालको राजनीतिलाई भ्रष्टाचारमुक्त राख्दै सु-संस्कृत राजनीतिको अभ्यास गर्नको लागि क्षमतावान व्यक्तिहरू नेपालको राजनीतिमा आउने वातावरण बनाउन नितान्त जरूरी रहेको विचार भेलमा व्यक्त गरिएको थियो ।

अहिलेको अवस्थामा शिक्षित युवा वर्ग राजनीतिमा आउनुपर्ने धारणा राख्दै सु-संस्कृत राजनीतिक अभ्यासमार्फत् असल राजनीतिक संस्कारलाइ प्रवर्द्धन गर्ने पार्टीको उद्देश्यलाइ मूर्त रूप दिन राजनीतिमा लागेको जापान संयोजक सुवेदीले साझापोस्टलाई बताए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage