scheduleबिहिवार श्रावण २ गते, २०७६

फुकुओकामा ‘लभ स्टेशन’

फुकुओका, १४ असार । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ जापानको फुकुओका शहरमा पनि प्रदर्शनी हुने भएको छ ।

संयुक्त एकता अपाङ्ग अवाज केन्द्रलाई सहयोग गर्ने उद्देश्यका साथ उक्त चलचित्र प्रदर्शनी गर्न लागिएको आयोजकले बताएको छ । फुकुओका शहरको अकसाकामा अवस्थित चुओउ सिमिन सेन्टरमा साँझ ६ बजेबाट उक्त चलचित्र प्रदर्शनी हुनेछ ।

चलचित्रमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । विशेषतः प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा चलचित्र केन्द्रित छ ।

उक्त चलचित्रलाई भेट्रान निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । फिल्ममा प्रदीप गायकको भूमिकामा छन् । जसिताले दार्जिलिङकी एक युवतीको भूमिका निभाएकी छन् । यसअघि यी दुईले फिल्म ‘लिलिबिली’ मा स्क्रिन साझेदारी गरिसकेका छन् । दुईको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । फिल्मका निर्माता गोविन्द शाही हुन् ।

प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ। निर्देशक घिमिरेका अनुसार फिल्मले सांगीतिक प्रेम कथामा आधारित पारिवारिक कथालाई विषयवस्तु बनाएको छ । चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् ।

यस चलचित्रमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

फुकुओकामा हुने चलचित्र प्रदर्शनीमा अभिनेता प्रदीप पनि उपस्थित हुने बताइएको छ । निस्वार्थ सामाजिक सेवामा समर्पित भई उक्त प्रदर्शनीबाट बचेको रकम संयुक्त एकता अपाङ्ग अवाज केन्द्रलाई सहयोग सहयोग गर्ने जानकारी दिँदै आयोजक दिलेन्द्र जोशीले फिल्म हेरेर सहयोग गर्न आह्वान गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage