scheduleसोमवार कार्तिक ४ गते, २०७६

फुकुओकामा तेस्रो बृहद नेपाली समाज अभिमुखिकरण, मुख्य वक्ता महानायक राजेश हमाल

धर्मराज अधिकारी


प्रवासी नेपाली समाजको विविध पक्षमा छलफल बहस र निष्कर्ष निकाल्दै विगत तीन वर्षदेखि फुकुओकामा सञ्चालित हाम्रो नेपाल हामी नेपाली अभियान जापानले तेस्रो अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने कुराको छलफल भइरहेको सन्दर्भमा कार्यक्रमको रुपरेखा र स्वरुप सम्बन्धमा संक्षेपम चर्चा गर्न चाहन्छु ।

हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले २०१७ र २०१८ मा दुईवटा कार्यक्रम भव्यरुपमा सपन्न गरेको व्यहोरा सबैमा जगजाहेर नै छ । पहिलो कार्यक्रममा नेपालबाट पूर्व राजदूत केदारभक्त माथेमा र चिन्तक एवं लेखक रवीन्द्र मिश्र, लोकप्रिय युवा व्यक्तित्व जिज्ञान कुमार थापाको प्रवचन राखिएको थियो भने दोस्रो कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टका साथै सोफिया युनिभर्सिटीका प्रोफेसर तानाका मासको र जिज्ञानकुमार थापाले प्रवचन दिनुभएको थियो । दुवै कार्यक्रम जापानी भाषा स्कूलमा आएका नवागन्तुक विद्यार्थीहरु केन्द्रित छलफल थियो भने दुवै कार्यक्रममा करिब ४-५ सयको उपस्थिति थियो । एउटा सानो सर्वेक्षण तथा विभिन्न महानुभावहरुको समीक्षाअनुसार यो कार्यक्रम ज्यादै नै उपयोगी रहेको र यसको निरन्तरताको आशा र अपेक्षा रहेको अनुभव अभियानले गरेको थियो ।

अर्कोतिर नेपाली समाजको बृहद हित र भलाई ध्यान दिँदा हाल फुकुओकामा रहेको नेपाली समाजको बनावटलाई  हेर्दा मोटोरुपमा ४ वर्गमा विभाजित गर्न सकिन्छ– विद्यार्थी वर्ग, आश्रित वर्ग, रोजगार वर्ग र व्यावसायी वर्ग । यी चारै क्षेत्रमा अनेक किसिमका परिस्थिति र समस्याहरु देखिएका छन् र आउँदा दिनहरुमा अझ बड्दै जाने संकेतहरु समेत देखिएकोले अभियानले सबै क्षेत्रलाई समेटेर बृहद अभिमुखीकरण गर्न आवश्यक र बाञ्छनीय देखिएकोले यसपटकको कार्यक्रमलाई विद्यार्थीमा मात्र सीमित नगरेर वृहदरुपमा नेपाली समाजलाई समेटेर अभिकुखीकरण गर्ने निर्णय गरिएको छ ।

१. विद्यार्थी  वर्ग

जापानमा नेपाली विद्यार्थीहरुको संख्या करिब २२ हजारको संख्यामा छन् जसमध्ये करिब ४ हजारको हाराहारीमा क्युसु छेत्रमा छन् । हाम्रो नेपाली विद्यार्थीहरुको उमेर समूह हेर्दा अधिकांश करिब १८ बर्षदेखि ३० वर्षको बीचमा छन् भने लैङ्गिक रुपमा भन्दा अन्दाजी २५-३० प्रतिशत महिला वर्ग छन् ।

हामीले के कुरा सोच्न र विचार गर्नुपर्ने भएको छ कि हाम्रा युवा विद्यार्थीहरु ठिक ठाउँमा छन् कि छैनन् ? विद्यार्थीहरुको अध्ययनको वातावरण के कस्तो छ ? हाम्रा विद्यार्थीहरुका समस्या र चुनौतीहरु के छन् र तिनको समाधानमा के गर्नु पर्ने हो ? जापानको परिवर्तित अवस्थामा विद्यार्थी वर्गले ध्यान दिनुपर्ने कुरा के छन् ? त्यस्तै, जापानी भाषाको महत्व, त्यसको लागि गर्नुपर्ने मेहनतका साथै अन्य दैनिक जीवनमा गर्नैपर्ने कुरा र गर्न नहुने कुराहरुका बिषयमा सचेतना आदि कुराहरुलाई केन्द्रित छलफल आजको आवश्यकता हो ।

२. आश्रित वर्ग

प्रवासी नेपाली समाजमा ठूलो संख्यामा रहेको तर बाहिर नदेखिएको अर्को समूह हो पारिवारिक भिसामा(Dependent Visa रहेका श्रीमती/श्रीमान तथा बाबुनानीहरु । यो समूहमा बिशेषगरी श्रीमतीजीहरुको संख्या उल्लेख्य छ । हालसालै बाबुनानीहरुको संख्या पनि बढ्दो छ । खासगरी Dependent Visa मा रहेका हाम्रा दिदीबहिनीहरु जो सँग नेपालमा पनि राम्रोसँग क्याम्पस पढेको शैक्षिक इतिहास छ भने अहिलेको उमेर अवस्थामा अलिकति बढी मेहनेत र दुःख गरेर भविष्यमा अझ बढी सक्षम हुन सक्ने र एउटा खुसी र सुखी परिवारको विकासमा भूमिका खेल्न सक्ने पार्टनरको रुपमा विकसित हुन जरुरत छ ।

यसका लागि ज्ञान र सीपको विकास गर्ने सम्भावनाहरुको खोजी गर्नु पनि अत्यन्त आवश्यक देखिन्छ । साथै बालबच्चाहरुको शिक्षादिक्षा लालनपालनमा पनि अहिलेदेखि नै ध्यान दिनुपर्ने कुराका साथै जापानको वर्तमान नियम कानुन भित्र बाबुनानुहरुले पाउने सरसुविधा तथा बन्दोबस्त के-कस्ता छन् आदि कुराहरुको चर्चा पनि आजको दिनमा अतिनै सान्दर्भिक बिषयवस्तु मान्न सकिन्छ । यसबाहेक रोजगारी स्वास्थ्य तथा अन्य बिमा कर व्यवस्था आदि बिषय पनि हाम्रा लागि अतिनै महत्वपूर्ण छन् । यसको सूचना हामीसँग धेरैनै कमि रहेको महसुस गरिएको छ । यी र यस्तै सन्दर्भमा पनि प्रस्तुति रहनेछ ।

३.रोजगार वर्ग

प्रवासमा रोजगारी नगरी त बस्नै सकिँदैन । फुकुओकामा रोजगारी मुलतः दुई प्रकारको देखिन्छ । अध्ययन सकेपछिको रोजगार र सिधै रोजगार भिसामा(working visa)आएका रोजगार । त्यसैले अध्ययनपश्चात् लिने रोजगारसम्बन्धि ज्ञानको अभाव र सूचनाको अभाव एकातिर छ भने अध्ययन गर्दैखेरीको सोचाई, पढाइको क्षेत्र र लगनशिलताको प्रभावको पनि मुल्यांकन गर्नुपर्ने आवस्यकता देखिछ ।

अर्कोतिर विभिन्न पेशामा सिधै नेपालबाट working visa मा आउनेमा कुक भिसामा धेरै देखिन्छ भने IT र अन्य क्षेत्रमा नगन्यरुपमा पाईन्छ । त्यसैले यो कामदार क्षेत्रका चुनौती र सम्भावनाको अध्ययनका साथै यसलाई अझ बढी व्यावसायिकता दिने र रोजगारलाई प्रवर्द्धन गर्ने वातावरण बनाउनु आजको आवश्यकता देखिछ ।

४. व्यवसायी वर्ग

फुकुओकामा भर्खरै मात्र वामे सर्दै गरेको नेपालीहरुले संचालन गर्दै आएको व्यापार व्यवसाय पनि एउटा आशालाग्दो क्षेत्र हो । आधुनिक समाजमा व्यापार व्यवसायको महत्व व्यापक छ । जापानजस्तो विकसित र सु-संस्कृत देश जहाँ हरेक कुराको सञ्चालन निश्चित नियमबाट निर्देशित हुन्छ, जहाँ प्रतिष्पर्धा पनि गुणस्तरमा हुन्छ । त्यसैले यस्तो समाजमा व्यापार व्यवसाय गर्नु सानो चुनौतीको कुरा होइन ।

अवसर/मौका पनि धेरै छ र चुनौती पनि ठुलो छ यहाँ । मात्र चाहिन्छ मौका देख्न सक्ने नजर र चुनौतीसँग जुझ्न सक्ने शक्ति । त्यसैले हाम्रा नेपाली मित्रहरुले सञ्चालन गरेका व्यापार व्यवसायको समीक्षा गर्ने र त्यसमा भएका कमीकमजोरीहरुलाई हटाई अझ राम्रो व्यापार प्रवर्द्धन गर्ने वातावरणको विकासतर्फ पनि सोच्ने बेला आएको छ ।

माथि उल्लेखित चारै क्षेत्र एकापसमा सम्बन्धित छन् । ठूलो सपना बोकेर आएका हाम्रा युवा विद्यार्थी वर्ग, उज्ज्वल भविस्यको लागि रातदिन मिहेनत गरिरहनुभएका डिपेनडेन्ट वर्ग र आफ्नो क्षमता र पौरखमा समृद्ध, सुखी र खुशी जीवनको प्राप्तिका लागि संघर्षरत रोजगार तथा व्यवसायी साथीभाइहरुको बिषयमा एउटा ज्ञानमुलक र प्रेरणामुलक अन्तरक्रिया गर्ने र चुनौतीहरुको पहिचान र सम्भावनाहरुको खोजी गर्दै प्रवासी नेपाली समाजको इज्जत प्रतिष्ठा र गौरवको विकासमा केन्द्रित प्रस्तावित अभिमुखीकरणको सम्बन्धित क्षेत्रका अनुभवी वक्ताहरुले आफ्नो प्रेरणादायी मन्तव्य राख्नु हुनेछ ।

अन्तमा,कार्यक्रमलाई भव्य, सभ्य र फलदायी बनाउन नेपालबाट लोकप्रिय कलाकार महानायक राजेश हमालको प्रेरणादायी प्रवचन हुने कुराको जानकारी समेत गराउँदै क्युशु क्षेत्रमा रहनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।

(अगस्ट ३१, शनिबार दिउँसो १ बजे योशिजुका फुकुओकामा आयोजित तेस्रो वृहद नेपाली समाज अभिमुखीकरण कार्यक्रमबारे आयोजक संस्था ‘हाम्रो नेपाल हामी नेपाली अभियान, जापान’का संयोजक अधिकारीको विचार)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage