scheduleबिहिवार श्रावण २ गते, २०७६

दिलेन्द्र जोशीको ‘झुम्का हरायो’ (भिडियोसहित)

फुकुओका, १८ असार । दार्चुला जिल्ला रिठाचौपाता मैखोलीमा जन्म भई हाल जापानको फ़ुकुओकामा बस्दै गीत संगीतलाई निरन्तरता दिँदै आईरहेका युवा गायक दिलेन्द्र जोशीले ‘झुम्का हरायो’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।

परदेशमा रहेर पनि नेपाली लोक दोहोरी र देउडा गायकका रुपमा आफ्नो परिचय बनाएका जोशीले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा देउडा गीतका मौलिक शब्द राखी ‘झुम्का हरायो’ तीज बजारमा ल्याएका हुन् ।

शुभारम्भ डिजिटल म्युजिक प्रा .लि.को प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा दिलेन्द्र जोशी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । चर्चित मोडल शंकर बिसि र आरुसि मगरको अभिनय रहेको गीतको भिडियोलाई शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार पारिएको छ ।

भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।

हेरौं देउडा तिज गीत झुम्का हरायो-

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage