scheduleबुधवार कार्तिक ६ गते, २०७६

फुकुओकामा रक्तदान गर्दे नेपाली समुदाय

फुकुओका, २० असार । जापानको फुकुओकामा नेपाली समुदायद्वारा प्रथम पटक रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ क्युस्युको आयोजना र रेडक्रस सोसाईटी जापानको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम असार २१ गते शनिबार अर्थात् जुलाई ६ को बिहान १० बजेबाट साँझ ५ बजेसम्म फुकुओकाको हाकाता स्टेशन अगाडि रहेको बुस्टर सेनारु भवनको ८ तलामा हुनेछ ।

रक्तदान कार्यक्रम इच्छुक रक्तदाताहरुले नाम दर्ताका लागि जाईर्यो कार्ड अर्थात् ड्राईभिङ लाईसेन्स साथ जानु पर्नेछ । ‘रक्तदान जीवनदान’ भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधि तथा पदाधिकारीलगायत फुकुओकामा बस्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न नेपाल आदिवासी जनजाति सहासंघ क्यूस्यूका अध्यक्ष भीम गुरुङले हार्दिक अपिल गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage