scheduleआइतवार श्रावण ५ गते, २०७६

एनआरएनए तोकाईको संयोजकमा चर्चित गायक श्याम सितलको उम्मेदवारी

तोकाई, २६ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति तोकाई (नागोया)का वर्तमान सचिव तथा धादिङ समाज जापानका सल्लाहकार श्याम सितलले एनआरएनए जापान क्षेत्रीय समिति तोकाईको संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालमा सञ्चारकर्मसँगै सांगीतिक क्षेत्र र सामाजिक कर्ममा पनि सक्रिय रहँदै आएका सितल हाल जापानको नागोयामा बस्दै आएका छन् । सितल नागोयामा पनि विभिन्न सामाजिक सेवाहरूका साथै गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् । उनी नागोया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि परदेशमा आईपर्ने विविध समस्याहरू समाधानमा सक्रिय रहँदै आएका छन् ।

सितलले आफुले सचिवको भूमिकामा रहेर जिम्मेवारीपूर्वक काम गरिसकेको र थप जिम्मेवारी बहन गर्दै तोकाई क्षेत्रलाई नै संयोजन गरी एनआरएनएको मूल मर्मलाई आत्मसाथ गर्दै प्रवासमा रहेका नेपालीहरुको हक/हितका लागि अझ सक्रिय भएर काम गर्न चाहेको र त्यसैका लागि संयोजक पदको दावेदारी प्रस्तुत गरेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

आजको लोकप्रिय

default-addImage
default-addImage