scheduleबुधवार कार्तिक २७ गते, २०७६

इतिहासको आँखीझ्यालबाट एनआरएनए क्युसु नियाल्दा …

छत्र दाहाल

भर्खरै क्युसुमा एनआरएनएको अधिवेशन सकिएको छ । वर्तमानमा बाँचिरहँदा एकपटक इतिहासको आँखीझ्यालबाट एनआरएनए क्युसुलाई सम्झन मन लाग्यो ।

क्युस्युमा एनआरएनको आवश्यकताको महशुश गरेर २००९ सालमा भवन भट्टको उपस्थितिमा गठन गरिएको थियो । तर, यसरी गठन गर्दैगर्दा क्यूस्युमा एनआरएनले सामाजिक एकतालाई खलल त पुराउने होइन भन्ने एक किसिमको आवाज थियो ।

त्योभन्दा अघिसम्म फ़ुकुओका नेपाल सोसाइटीले फुकुओकामा रहेको नेपालीहरुलाई एक सुत्रमा बाँधी भाइचारा कायम गर्दै आएको थियो । तर, एनआरएनको हकमा यो एक अन्तर्राष्ट्रिय संस्था भएकोले यो सानो ठाउँको मानिसलाई केन्द्रले आफू अनुरुप चलाउने प्रयास गर्नेछ र फुटको अवस्था आउने छ भनेर भानिन्थ्यो ।

समय बित्दै गर्दा कता कता यो सत्यता त होइन भन्ने कुरा हामीहरुलाई पनि भन हुन आएको थियो यसरी, समया चक्र बित्दैजाँदा १० वर्ष पूरा भैसकेछ । त्यतिखेर किन हामीलाई यसले सामाजिक एकता भाँडिन्छ भनेको होलान् भनेर बुझ्दै गर्दा धेरै कुराहरु बुझ्ने मौका मिल्यो ।

कतिपय कुराहरुमा केहि सत्यता थिए पनि होलान् कतिपय कुराहरु आधारहिन थियो । संस्थानै नराम्रो होइन भन्ने कुरा हिजोको अधिवेशनले पनि पूरा गरेको आभास भएको छ । यहाँभन्दा अघि प्रायजसो आफ्नो लागि लडेको अथवा आफुले पद प्राप्तिको लागि गरिएको राजनैतिक चलखेल अथवा व्यक्तिगत गुटबन्दी थियो । अहिलेसम्मको इतिहास हेर्ने हो भने एक पक्षले मात्र जितेको जस्तो लाग्थ्यो । तर हिजोको अधिवेशनमा दुईजना प्रत्यासीले नै जितेको अनुभव गरेको छु ।

सुपेन्द्र घिसिङ्गज्यू, जुन निर्णय लिनुभयो जसले गर्दा आज क्यूस्युमा भाइचारा अझ मजबुद भएर गयो । अहिलेसम्म क्षेत्रको आफ्नो स्पस्ट विधान नहुनु र केन्द्रले क्षेत्रलाई दबाएर राखेको अवस्था हुनु जसले गर्दा क्युस्युबासीको मनोभावनालाई कदर गर्न सकिएन । तर, भर्खरै अधिवेशनले केन्द्रसँग स्पष्ट माग गरेको छ कि अब नयाँ बार्षिक सभामा क्षेत्रलाई विधान बनाउने अनुमोती दियोश र केन्द्रको विधानले क्षेत्रको कार्य योजना र क्षेत्रको कार्यसमितिको हकमा रासापको विधानमा नलेखियोस् ।

अब बन्ने नयाँ विधानमा केन्द्रको विधानमा नबाझिने गरी क्षेत्रले पनि आफ्नो विधान बनोस् । यसरी, निर्वाचन कमिटि पनि केन्द्रको परिपत्रमा चल्नुपर्ने अवस्था थियो । जसले गर्दा क्युस्युबासीको असन्तोषी जाहिर गर्नुपर्ने कुरा पनि जाहेज जस्तो लाग्छ । यसो भन्दै गर्दा निर्वाचन कमिटि पनि आफ्नो उत्तरदायित्व बात बाहिर भागेको जस्तो लाग्दैन । समय परिस्थितिअनुसार कतिपय कुरामा निर्णय लिँदा एक पक्षीय निर्णय लिए जस्तो पनि देखिएको थियो तर, निर्वाचन कमिटिबिधान अनुरुप निष्पक्ष निर्णय गर्दै आएको थियो ।

अबबाट सबै क्युस्युबासी एक ढिक्का भएर जानुको विकल्प देखिँदैन । साथै अबको नयाँ कार्य समितिले हिजोको अधिबेशनको जनभावनालाई कदर गर्दै अगाडि बढोस् । यही छ मेरो व्यक्तिगत शुभकामना ।
(दाहाल एनआरएन क्युस्यु क्षेत्रिय समितिका संस्थापक सचिव हुन्)

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage