scheduleसोमवार मंसिर २३ गते, २०७६

जापानमा १ सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं, ९ साउन । गैरआवासीय नेपाली संघ जापान र आइएचएनओको सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिको नतिजा अगस्ट ५ मा घोषणा गरिने भएको छ ।

जापानमा नेपाली विद्यार्थीहरुको बढ्दो चापसँगै चुनौती र समस्याहरु पनि बढिरहेको छ । समस्याहरु न्यूनीकरण गर्ने उद्देश्यले एनआरएनए जापानले जापानमा नेपाली विद्यार्थीहरुलाई लक्षित गरी विगतदेखि छात्रवृत्ति प्रदान गर्दै आइरेको छ ।

जापानमा विद्यार्थीहरु अधिकांश जापानीज भाषा पढ्न पाउने गर्दछन् । जापानीज भाषापश्चात् विश्व विद्यालय, भोकेसनल स्कुल जानुपर्ने हुन्छ । जापानको पढाई शुल्क महंगो भएकोले नेपाली विद्यार्थीहरुको लागि भने कठिन नै पर्ने हुन्छ ।

पढ्न चाहने विद्यार्थीहरुको लागि राहत दिने हेतुले उक्त छात्रवृत्ति योजना सुरुवात गरिएको हो । भाषा स्कूल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनरत जेहेन्दार तथा लगनशील एक सयजना विद्यार्थीलाई विशेष छनौट प्रक्रियाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिए ।

यसअघि पनि यस्तै प्रक्रियाबाट तीसजना विद्यार्थीले छात्रवृत्ति सेवा पाईसकेका छन् । यही जुलाई १ सम्म आवेदन दिई प्रक्रिया पूरा भएका विद्यार्थीहरुको नामावली छात्रवृत्तिको लागि एक बिशेष कार्यक्रमसहित घोषणा गरिने अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिए ।

कार्यक्रम दिउँसो १ बजे आसागया स्थित साङ्ग्यो स्योको खाईखान (सुगुनामी कु आसागया मिनामी ३-२-१९) मा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage