scheduleशुक्रवार कार्तिक १ गते, २०७६

फुकुओका नेपाल सोसाइटी र श्री गणेशको संयुक्त आयोजनामा तीज धमाका

फुकुओका, ९ साउन । फुकुओकामा क्रियाशील फुकुओका नेपाल सोसाईटी र श्री गणेश रेस्टुरेन्ट एंड बुटिकले वर्षेनी छुट्टा छुट्टै तिज कार्यक्रम आयोजना गर्दै आइरहेको थियो ।सपाली भने तीज धमाका २०१९ फुकुओका नेपाल सोसाइटी र श्री गणेश रेस्टुरेन्ट एंड बुटिकको संयुक्त आयोजना र क्युस्युमा अवस्थित विविन्न सामाजिक संघ संस्था हरुको सह योजनामा गर्ने भएको छ।

हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायकगायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र सुनिता दुलाललाई निम्त्याउने र साथमा जापानमै रहेका कलाकारहरु पुर्षोत्तम सिग्देल, माधव सिग्देल, दिलेन्द्र जोशी, बेग रानालगायतका कलाकारहरुको साथमा मनाउने तयारी भइरहेको फुकुओका नेपाल सोसाईटीका अध्यक्ष योगेश कार्कीले बताए ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज श्री गणेशले बिगत ४ वर्ष देखि निरन्तर गर्दै आइरहेका छौ। यस वर्ष फुकुओका नेपाल सोसाइटीले तिज कार्यक्रम संयुक्त आयोजनामा गर्न आग्रह गरेको र आफु पनि फुकुओका नेपाल सोसाइटीलाइ धेरै माया गर्ने हुदा सगै कार्यक्रम गर्न लागिएको हो।फुकुओका नेपाल सोसाइटी का पुर्व अध्यक्ष्य एवं श्री गणेशका प्रोपाइटर छत्र दाहाल ले बताए ।

कलाकारहरुको जापान आउने प्रक्रिया सबै पूरा भईसकेकोले आयोजक समिति कार्यक्रमको तीव्र तयारीमा लागेको छ । कार्यक्रम आउन लगभग एक महिना जति मात्र भएकोले समय मिलाई नेपालका चर्चित कलाकारसँगको यो अवसर नगुमाउन आयोजकले अनुरोध पनि गरेको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुती पनि रहने छ । कार्यक्रम अगस्ट २३ तारिख शुक्रबारका दिन फुकुओका च्युओ सिमीन सेन्टर आकासाकामा साँझ ६ बजेबाट हुने जानकारी दिँदै आयोजकले नेपाली समुदायलाई उपस्थितिको लागि अपिल गरेको छ ।

सन् १९९५ मा स्थापित फुकुओका नेपाल सोसाइटी हाल २४औं कार्यकालमा प्रवेश गरेको छ । फुकुओका सहरमा करिब ३० वटा सामाजिक संस्था भएता पनि हरेक वर्ष तीनवटा कार्यक्रम हुँदै आएको थियो ।

यस वर्ष भने क्युसुमा रहेका विविध संघसंस्थाको सहकार्यमा एउटा मात्र कार्यक्रम हुने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage