scheduleसोमवार मंसिर २३ गते, २०७६

एनआरएन जापानको उपाध्यक्षमा लक्ष्मण बानियाँको उम्मेद्वारी घोषणा

फुकुओका, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको प्रत्यक्षतर्फको उपाध्यक्ष पदमा निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक लक्ष्मण बानियाँले उम्मेद्वारी घोषणा गरेका छन् ।

सन् २००९ सालमा एनआरएनएका अध्यक्ष भवन भट्टको उपस्थितिमा एनआरएनए क्युस्यु क्षेत्रीय समिति औपचारिक गठन भएको थियो । एनआरएनए क्युस्युसँग नजिक रहेका लक्ष्मण बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै २०१७ -२०१९ कार्यसमिति संयोजक बन्न सफल भएका थिए ।

जापानको क्युस्यु क्षेत्रको सामाजिक कार्यमा सक्रिय युवा बानियाँले फुकुओकाको रहेको नेपाली समुदायको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको पनि सदस्य हुँदै उपाध्यक्ष र अध्यक्ष समेत रहेका थिए । उनी विगत ६/७ वर्ष देखि जापानको सामाजिक क्षेत्रमा सक्रिय छन् ।

बानियाँ विभिन्न सामाजिक कार्यमा धेरै समय दिन सक्ने, खट्ने र आर्थिक रुपमा पनि सहयोग गर्ने व्यक्तिको रुपमा स्थापित रहेका छन् । फुकुओकामा सबैलाई समेट्ने र नेपाल र नेपालीको सान बोकेको कार्यक्रम नेपाल फेस्टिवल फुकुओकाको कार्यसमितिको विभिन्न क्षेत्रमा जिम्मेवारी निभाउँदै उपसंयोजक र गत वर्ष सम्पन्न नेपाल फेस्टिवल फुकुओका २०१९ को संयोजक भई नेतृत्व समेत लिई सकेका छन् ।

बानियाँले विभिन्न फुटसल एफसीहरुले योजना गरेको फुटसलमा स्पोन्सर, प्रत्यक्ष सहभागिता एवं सुझाव सल्लाह दिने गर्दछन् । यसले गर्दा युवा वर्गमा समेत लोकप्रिय बनेका छन् ।
त्यस्तै बानियाँ नेपाली समुदायका सदस्यहरु असामयिक निधन भएको बखत होस् या अलपत्रको स्थितिमा रहने शव व्यवस्थापन, अन्य कानुनी समस्याहरु तथा नेपाली समुदायमा आईपरेका र पर्ने हरेक प्रकारका समस्याहरुमा आफु सक्रिय भएर लागि रहेको बताउँछन् ।

नेपाली समुदायमा हुने विविध घटनाहरुमा आफु विवादित भए पनि समाजको हितको लागि कहिले सम्झौता गर्ने नगरेको बानियाँ बताउँछन् । जस्तोसुकै घटनामा आफू लागि रहेको छु र अबका दिनहरुमा पनि सक्रिय भएर नेपाल र नेपालीको लागि लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बानियाँले आगामी कार्यकालको लागि एजेन्डाहरुअगाडि सारेका छन् । उनले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, क्युस्यु क्षेत्रको महावाणिज्य दूतको सक्रिय सहभागिताको लागि पहल गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानिज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने र जापानमा नेपाली समुदायका बीचमा खेलकूदको विकासमा सक्रिय रहने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • जापानको शहरभरी ‘छ माया छपक्कै’

    फुकुओका, ९ डिसेम्बर । लगातार दुई वर्ष नेपालका ख्यातिप्राप्त करिब ५ दर्जन कलाकारको साथमा ‘सूर्य इन्टरनेशनल एवार्ड’ सम्पन्न...

default-addImage
default-addImage