scheduleशुक्रवार कार्तिक १ गते, २०७६

एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा टंक गैरेको उम्मेदवारी

टोकियो, ११ साउन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आठौं महाधिवेशनमा टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने भएका छन् । गैरे अहिले एनआरएनए आइसिसि सदस्यको जिम्मेवारीमा रहेका छन् ।

एनआरएनए आइसीसी र एसिया प्यासिफिक क्षेत्रमा रहेका एनआरएनए एनसीसीबीचको सम्बन्ध सुमधर बनाउँदै जाने एजेण्डासहित उनले उम्मेदवारी घोषणा गरेका हुन् । प्यासिफिक क्षेत्रमा रहेका एनआरएनए एनसीसीहरुबीचको मध्यस्तकर्ता बन्दै विदेशी सीप र लगानीलाई स्वदेशमा ल्याउन आफूले सक्रिय भूमिका खेल्ने गैरेले बताए ।

गैरे विगत लामो समयदेखि जापानमा व्यवसाय गर्दै आइरेका छन् । एनआरएनएको सुरुवातदेखि यस अभियानमा सक्रिय रुपमा अग्रसर रहेका उनी नेपाल र जापानमा रहेका अन्य विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्नै आएका छन् । उनी विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबमा समेत आबद्ध भई नेपाल र नेपालीको लागि विभिन्न तह र तप्कामा सहयोग गर्दै आइरहेका छन् ।

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।

सम्पूर्ण एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage