scheduleबिहिवार भाद्र ५ गते, २०७६

एनआरएनए क्युस्यु कार्यसमितिलाई पूर्णता दिइयो

फुकुओका, ३० जुलाई । एनआरएनए क्युस्यु क्षेत्रीय कार्य समिति २०१९-२०२१ को कार्यसमितिको प्रथम बैठक नवनिर्वाचित संयोजक देवराज उप्रेतीको संयोजकत्वमा सम्पन्न भएको छ ।

फुकुओका शहरको मिनामी सिमिन सेन्टरमा गत आइतबार सम्पन्न बैठकले आगामी कार्यकालको संक्षिप्त छलफल, कार्य समिति पूर्णता र सल्लाहकार समिति चयन गरेको छ । बैठकले एआरएनए जापानको विधानअनुरुप कार्यसमितिले मनोनित गर्न पाउने आठ जना मनोनित सदस्य चयन गरेको छ ।

मनोनित सदस्यहरुमा रोशन राई, मुक्तिनाथ ढकाल, शान्तमन शाक्य, केशवकुमार लामिछाने (विद्यार्थी), संजय पौडेल, रमेश कार्की, नवीन जिसी, महिला सदस्य पदम कुमारी सुवेदी (महिला सदस्य ) रहेका छन् ।
त्यस्तै, उक्त बैठकले सल्लाहकार पनि चयन गरेको छ । एनआरएनए क्युस्यु क्षेत्रीय कार्य समितिको छैठौ अधिवेशनका बेला सुपेन्द्र घिसिङलाई सर्वसम्मत सल्लाहकार चयन गरिएको थियो ।

त्यस्तै अन्य सलाहकारहरुमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, बद्री पौडेल, किरण बर्मा
सन्तोष थापा, छत्र दाहाल, धर्मराज अधिकारी, टंक गैरे रहेका छन् । मनोनित सदस्यहरुलाई संयोजक देवराज उप्रेतीले सपथ ग्रहण गरेका थिए ।

उक्त बैठकमा आगामी कार्यक्रम द एज ब्याण्ड कन्सर्टमा ‘ढिला आयो कडा आयो समूह’सँग संयुक्त आयोजना, तीज फेस्टिवल फुनेसोको सहआयोजक र बृहद अभिमुखीकरण कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली अभियानकोका सह आयोजक भएर कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय भएको संयोजक देवराज उप्रेतीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage