scheduleबिहिवार भाद्र ५ गते, २०७६

एनआरएनए क्युस्युको सम्पर्क कार्यालय स्थापना

फुकुओका, २५ साउन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको सम्पर्क कार्यालय स्थापना भएको छ । गत सोमबार उक्त संघको नियमित बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पारित गरेको हो ।

सम्पर्क कार्यालय फुकुओका केन फुकुओका सी हाकाता कु हाकाता येकी ४-५-८ मा रहेको छ । कार्यालय समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहने जनाइएको छ । जापानको क्युस्यु क्षेत्रमा नेपालीहरुको चाप बढेसँगै समस्या र चुनौती समेत बढ्दै गैरहेको छ ।

विभिन्न समस्याहरुको समाधान गर्नको निमित्त कार्यालय नहुँदा कहाँ सम्पर्क गर्ने भन्ने अप्ठ्यारो परिस्थिति रहेको थियो । जापानमा रहेका नेपाली समुदायमा केही समस्या परेमा सहयोगका लागि सम्पर्क गर्न संयोजक देवराज उप्रेतीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage