scheduleबिहिवार भाद्र ५ गते, २०७६

एनआरएन जापानको उपाध्यक्षमा कार्कीको उम्मेदवारी

फुकुओका, २५ साउन । एनआरएनए जापानको २०१९–२०२१ को लागि नागोयाका दिपक कार्कीले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । उनले उपाध्यक्ष पदको लागि उमेद्वारी घोषणा गरेका हुन् ।

नागोया क्षेत्रको क्षेत्रीय समिति सदस्यबाट एनआरएनए अभियानमा संग्लग्न कार्की २०१७-२०१९ को क्षेत्रिय समिति नागोयाको संयोजक थिए । हालै नागोयामा सफलता पूर्वक सम्पन्न नेपाल फेष्टिवलका कारण जापानमा उहालाई धेरै नेपालीहरुले चिन्ने गर्छन् । नेपाल छदाँ देखिनै समाजसेवामा रुचि रहेको बताउने कार्कीले वर्मा गएपनि कर्म संगै भनेझै जापानमा पनि आफ्नो काम संगै समाजसेवालाई निरंतरता दिनु भएको छ ।

जापानमा धेरै नेपालीहरुलाई दुःखमा पर्दा मलमपट्टी लगाउन पाएको स्मरण गर्दै कार्कीले भने, ‘सुखमा त जो कोहीले साथ दिन्छ, तर दुःखमा साथ दिने धेरै कम हुन्छन् । म प्रवासमा दुःखमा परेका हर नेपालीहरुलाई मेरो गक्षअनुसार सहयोग गरिरहेको छु र गरिरहने छु। मेरो लागि ठूलो आनन्द यहि हो ।’

हाल तोयोकावा नेपाली समाजका अध्यक्ष एवम् म्याग्दी मुना जापानका अध्यक्ष रहेका कार्की जापानको नागोयामा नेपाली समुदायको सहयोगका लागि लामो समयदेखि क्रियाशील छन् ।

१३ वर्ष अघि जापान आएका कार्की जापानमा सप्लायर कम्पनी बिजी बि ग्रुप को.लि. का प्रमुख समेत रहेका छन् । कार्की जापानमा रेष्टुरेन्ट व्यवसायमा पनि संलग्न छन् । सामाजिक कार्यको लागि एकता नै बल बताउने कार्की पदमा पुग्नु अगाडि आश्वासन दिनुभन्दा पदमा पुगेपछि सच्चा सामाजिक कार्य गर्नुपर्नेमा जोड दिन्छन् । आफु एनआरएनए क्षेत्रमा वसेर काम गरेको हुँदा एनआरएनए जापानको केन्द्र र क्षेत्रको सम्बन्धलाई अझै प्रगाढ बनाउन पनि लाग्ने कार्कीको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage