scheduleआइतवार भाद्र २९ गते, २०७६

एनआरएनए जापानः यी हुन् अध्यक्ष पदमा उम्मेदवारी दिएका पाँच उम्मेदवारहरु

टोकियो, १६ भदौ । गैरआवासीय नेपाली संघ जापानको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकाल (सन् २०१९/०२१) का लागि हुने चुनावमा पाँचजना अध्यक्षका प्रत्याशीहरु देखिएपछि चुनावी सरगर्मीले नेपाली समुदायमा गतिविधि बढेको छ ।

चुनावी मैदानमा निवर्तमान अध्यक्ष टासीवांग्दी लामासहित क्युसुका युवा प्रत्याशी किरण बर्मासम्म उत्रिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नेहरुमा लामा र बर्मासहित वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी र शिवप्रसाद पौडेलसँगै एनआरएनए आईसिसी सदस्य भइसकेका दिनेश गुरुङ पनि रहेका छन् ।

क्युसुमा लामो समयदेखि व्यवसाय गर्दै आएका एनआरएन अभियन्ता किरण बर्माले यसअघि दुई कार्यकाल एनआरएनए क्युसुको कुशलतापूर्वक नेतृत्व गरिसकेका छन् । ‘नेपालीका लागि नेपाली एकता’को चुनावी नारा दिएका बर्मा एनआरएनए जापानको अधिवेशनमा एक युवा र प्रभावशाली उम्मेदवार हुन् । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, इमान्दारिता र पारदर्शिता मेरो अभियान’ नारा दिएका उनी जापानमा रहेका नेपाली समुदायले हाम्रोलाई भन्दा राम्रोलाई मतदान गर्ने विश्वास व्यक्त गर्छन् ।

अध्यक्षको उम्मेदवारी दिनेमा टोकियो क्षेत्रको भिड देखिएको अवस्थामा बर्माले मोफसलबाट पनि नेतृत्व सम्भव छ भन्ने सन्देश दिन चाहेका छन् । नेपाली समुदायमा राम्रो पहिचान स्थापित गरेका बर्मा उम्मेदरवारको भिडमा सापेक्षितरुपमा नयाँ र युवा उम्मेदवार हुन् ।

यो पनि पढ्नुहोस्-

एनआरएन जापानको अध्यक्षमा किरण बर्माको उम्मेदवारी

एनआरएनए आईसिसि सदस्य भइसकेका अध्यक्षका अर्का उम्मेदवार दिनेश गुरुङले परिवर्तन र चुनौतीलाई चुनावी नारा बनाएका छन् । उनी एनआरएन अभियानमा गत एक दशकदेखि सक्रिय छन् । उनी एकपटक कार्यकारी भूमिकामै पुगेर संघको नेतृत्व गर्न चाहेकोले आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।


एनआरएनए आईसिसि सदस्य भइसकेका अध्यक्षका अर्का उम्मेदवार दिनेश गुरुङले परिवर्तन र चुनौतीलाई चुनावी नारा बनाएका छन् । उनी एनआरएन अभियानमा गत एक दशकदेखि सक्रिय छन् । उनी एकपटक कार्यकारी भूमिकामै पुगेर संघको नेतृत्व गर्न चाहेकोले आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

चुनाव जितेमा ६ महिनाभित्र नेपाली पहिचान झल्कने नेपाली घर बनाउने प्रतिबद्धता सार्वजनिक गरेका गुरुङ लामो समयदेखि जापानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

अध्यक्षका प्रत्याशी निवर्तमान अध्यक्ष टासीवांग्दी लामा पनि एक दशकदेखि एनआरएन अभियानमा सक्रिय छन् । व्यक्तिगत व्यवसायमा पनि समय दिइरहेका लामाले आफ्नो कार्यकालमा विद्यार्थी छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरिसकेका छन् ।

‘हरेक पल जापानीबासी नेपाली, समृद्ध नेपाल र पारदर्शिताको पक्षमा म काम, चुनावी नारा दिएका लामाले ‘निरन्तर निष्ठाको सामाजिक कार्यमा एनआरएनएको अभियान’ अघि बढाउने प्रतिवद्धता सार्वजनिक गरेका छन् । यद्यपि, टोकियोमा नेपाल फेस्टिवल आयोजना गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका देवीलाल भण्डारी ‘सामाजिक योगदानको कदर जापानबासी नेपालीका आधार, सकारात्मक सोच, निष्ठा र समर्पित नेतृत्व सदावहार’ भन्ने चुनावी नारासहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एक दशकभन्दा लामो समयदेखि एनआरएन अभियानमा जोडिएका उनी अघिल्लो कार्यकालमा अध्यक्षका उम्मेदवार पनि हुन् । पछि सहमतिको क्रममा उनले लामालाई अध्यक्ष स्वीकार गरेका थिए । यसपाली लामाले आफूलाई अध्यक्षमा सघाउने उनले निकटष्ठहरुबीच विश्वास व्यक्त गर्दै आएका छन् । अरुजस्तै उनी पनि जापानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

अघिल्लो कार्यकालमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका शिवलाल पौडेल यसपटक अध्यक्ष पदमा चुनाव लड्ने तयारी गरेका छन् । कास्की पोखरा समाज जापानको अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील पौडेल एनआरएन जापानलाई पारदर्शी र नेपाली समुदायले अपनत्व महसुस गर्न सक्ने संस्था बनाउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उनी जापानमा पहिलो फुदोसान खाईस्या घर, कोठा आदि भाडामा लिनेदिने लगायत काम गर्ने कम्पनी पनि सञ्चालन गरिरहेका छन् ।

पाँचैजना उम्मेदवारले करिब तीन लाख नेपाली रुपैयाँका दरले अध्यक्ष पदका उम्मेदवारी दर्ता गर्ने क्रममा १५ लाख रुपैयाँ एनआरएन जापानको कोषमा जम्मा गरिसकेका छन् । अध्यक्ष पदका लागि लिइएको महंगो शुल्कले आगामी कार्यकालका लागि बाजी मार्ने नेतृत्वका लागि आर्थिक क्रियाकलाप सहज बनाइदिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage