scheduleआइतवार भाद्र २९ गते, २०७६

‘नर्सिङ केयर गिभर’मा जापानले दियो नेपाललाई मौका, परीक्षा कहिले ?

काठमाडौं, १७ भदौ । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजाने भएको छ । यसको लागि जापान सरकारले अपौचारिक प्रक्रिया समेत सुरु गरिसकेको छ ।

जापानले छनौटका लागि नेपालमा हुने परीक्षाहरुको मिति पनि सार्वजनिक गरेको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा आगामी अक्टोबर र नोभेम्बर हुनेछ ।

अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म भाषा तथा सिप परीक्षाका लागि परीक्षा तोकिएको छ । परीक्षार्थीबाट एक/एक हजार दरले मात्रै आवेदन शुल्क लिने उल्लेख गरिएको छ ।

परीक्षार्थीले अनलाइन आवेदन दिनुपर्नेछ । यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage