scheduleबुधवार आश्विन २९ गते, २०७६

नेपाल एयरलायन्समा यात्रा गरेपछि …

छत्र दाहाल
छत्र दाहाल

गर्व लाग्छ आफ्नै भेष भाषा । कदर गर्दछु देशको सम्पतिको । त्यसैले एकाबिहानै ६०० किलोमिटर पार गर्दै नेपाल एयरलायन्स चढ्न आइयो ।
सबैकुराको नकारात्मक टिप्पणी मात्र होइन, सकारात्मक सोच गर्दै सुझाव दिँदै यसको उपयोग गर्नु नै एउटा सच्चा नेपालीको कर्तव्य पनि हो ।

अब पनि नेपाल एयरलाइनको उडान रद्द भयो भने तपाई हामी जापानबासीको पनि कमजोरी केही हदसम्म जिम्मेवार हुनुपर्दछ ।. असहयोग नीति होइन, सहयोग गरेर नेपालीको परिचय दिने समय हो ।. यसको बारेमा कुनैदिन सबै मिलेर बहस गरौंला ।

अहिले हामी जापानमा ७० हजारभन्दा धेरै यहाँ बसोबास गर्छौं । ती सबैजना औसतमा २ बर्षमा एकचोटी नेपाल जान्छौं । त्यो हिसाबले मात्र हेर्ने हो भने पनि नेपाल एयरलाइनको वर्षको १२२ दिन फ्लाइट गणना गर्‍यो भनी पनि एकपटकमा २८० जना हुन आउँछ । त्यसैले सबैले मनन गरौं ।

यस्तो गर्‍यो भने यात्री नपाउने भन्ने नै हुँदैन । नेपाली मात्रले पुग्छ र निकट भविष्यमा जापानीजले पनि उपयोग गर्दा तपाई हामी आफ्नो नजिकको एयरपोर्ट प्रयोग गरौंला । तर, अहिले भनी सबै मिली प्रयोग गरौं ।

नेपाल एयरलाइनमा यात्रा गर्दा मलाई यी कुराहरु सकारात्मक लागे-
१. टिकट काउन्टरमा बोलीचाली राम्रो । कहाँबाट आउनु भयो ? दसैँ मान्न जानु भयो ? जस्तो कुरा गरेर यात्रुलाई पत्यास लाग्न नदिनु एकदमै राम्रो ।
२. एयर होस्टेसको स्वागत सत्कार राम्रो देखियो ।
३. विमान भित्र पनि राम्रो व्यवहार थियो ।
४. क्याप्टेनको परिचय दिदा एकदमै राम्रो बब्दको चयन । हामीलाई सहयोग गर्न आउनु भनेर भनिएको थियो । त्यो भनेको काम गर्नेलाई सत्कार गरेको देखियो ।
५. यसपटक चीनको बाटो हुँदै आउने अनुमति प्राप्त भयो र चाँडै पुगिने जानकारी दिनु भनेको यात्रुप्रति जिम्मेवार देखिन आयो ।
६. विमानको बारेमा पनि जानकारी गराइएको थियो एकदमै राम्रो पक्ष ।
७. खानामा एकपटक स्नाक, खाना, अनि खाजा तीनपटक एकदमै राम्रो पक्ष । जसले भविष्यमा खानाका पारखी जापानीजलाई लोभ्याउन सक्छ ।

केही सुझावहरु-
यो कुनै नकारात्मक टिप्पणी नभई सकारात्मक सोच राख्दै दिइएका सुझावहरु हो ।
१. जापानीज यात्रुलाई नेपाल एयरलाईन चढ्ने बनाउन अझ सुधारको पक्ष आवस्यक छ । जापानीज भाषा बोल्न सक्ने एयर होस्टेसको आवस्यकता र जापानको झन्डासहितको नेम प्लेट हुनु आवस्यक ठान्दछु ।
२. जापानीजहरुको अंग्रेजी कमजोर हुने भएकोले जापानीज, नेपाली र अंग्रेजीसहितको मेन्यु आवस्यक देख्छु । यसो गर्नाले एयरलाइनको स्तरमाथि देखिन्छ ।
३. खाना औसत नेपालीलाई ठिकै हो । तर मजस्तो धेरै नेपालीले अहिले पिरो खाना सक्नु हुन्न साथै जापानीजले त झनै खान सक्दैनन । त्यसैले पिरोको जानकारी र छनौटको अवसर दिनुपर्छ ।
४. सबै ठिक हो तर, हेडफोनको व्यवस्था भए अझै राम्रो । माग गर्नुहुने यात्रुलाई मात्र उपलब्ध गरिए पनि राम्रो ।

यति सुधार गरिए हाम्रो नेपाल एयर पनि एक स्तरीय एयरलाइनमा नाम टिपाउन सफल हुनेमा विश्वस्त छु ।

आउनुहोश तपाईहामी सबै मिलि एसको सदुपयोग र सम्मान गर्दै यसलाई टिकाई राखौ र नेपाल एयर लाईन को रक्षा गरौ ! यो एउटा जिम्मेवार नागरिकको जिम्मेवार र कर्तब्य ठान्दछु ।
जय देश जय नेपाल एयरलाइन

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage