scheduleबुधवार आश्विन २९ गते, २०७६

एनआरएन महाधिवेशनः सेफदेखि सफल व्यवसायी बनेका टंक गैरे चुनावी मैदानमा

अर्जुन थापा/फुकुओका, ३० भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आठौं महाधिवेशनमा टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणासँगै चुनावी तयारीमा लागिरहेका छन् ।

समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्छन् गैरे । कुनै पदमा बसेर आफ्नो पदको मर्यादा राखी समाज सेवा गर्नुपर्नेमा उनी जोड दिन्छन् । जहाँ जस्तो सुकै अवस्थामा रहे पनि आफ्नो यस्तै विगतका अभ्यासहरुलाई निरन्तरता दिनेमा उनी दृढ देखिन्छन् । यसैको कडीको रुपमा एनआरएनको आठौं महाधिवेशनमा उम्मेदवारी दिएको गैरे बताउाछन् ।

सन् १९७१ मा बागलुङको गल्कोटमा जन्मिएका टंक गैरेले अंग्रेजीमा डिप्लोमा गरे । नेपाल मै रहेर केहि गरौं भन्ने सोच लिएर चितवन धर्मचोकको न्यू सनराइज बोर्डिङ स्कूल सञ्चालन गरे ।

विदेशमा गई अनुभव बटुल्ने सोचअनुरुप भारतबाट एसियन तथा इन्डियन खाना बनाउने सीप संगाले । लगत्तै जापान प्रवेश गरेका गैरे त्यतिबेला दैनिक १८ घण्टाका दरले चिफ सेफ भई लामो समय काम गरेको स्मरण गर्छन् ।

जापानमा सन् २००३ बाट व्यवसाय सुरु गरेका उनी अहिले पश्चिम जापानको फ़ुकुओका सिटीमा सफल व्यवसायीको रुपमा स्थापित छन् । व्यवसायमा कसरी सफलता प्राप्त गर्ने र कसरी लक्ष्य हासिल गर्ने जानिसकेपछि ‘दामभन्दा सामाजिक काम ठूलो’ भन्ने नाराका साथ गैरै पछिल्लो समय गैरआवासीय नेपाली संस्थाहरुमा आवद्ध छन् ।

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय सहसचिवबाट यात्रा सुरु गरेका गैरे गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षको जिम्मेवारीसम्म पुगिसकेका छन् ।

हाल जापानको तर्फबाट एनआरएनए आइसिसी सदस्य रहेर समाजसेवाका काममा अग्रपंक्तिमा रहेका बताउँछन् । एनआरएनएको सुरुवातदेखि यस अभियानमा सक्रियरुपमा अग्रसर रहेका उनी नेपाल र जापानमा रहेका अन्य विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्नै आएका छन् ।

उनी विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबमा समेत आबद्ध भई नेपाल र नेपालीको लागि विभिन्न तह र तप्कामा सहयोग गर्दै आइरहेका छन् ।

नेपालमा पर्यटन , स्वास्थ्य , शिक्षा, बैंकिंड़ग, हाइड्रो, इन्फाइस्ट्रक्चर, प्रोपर्टी डिलर, रेमिटान्स, कृषि लगायत सबै क्षेत्रमा लगानी गरी अरु सबै साथीहरुलाई पनि आफुले विदेशमा सिकेको सिप र कमाई नेपालमा लगानी गर्न अभियानात्मक ढंगले काम गर्दै आइरहेको बताउँछन् उनी ।

नेपाली समुदायका सदस्यहरु असामयिक निधन भएको बखत होस् या अलपत्रको स्थितिमा रहने शव व्यवस्थापन, अन्य कानुनी समस्याहरु तथा नेपाली समुदायमा आईपरेका र पर्ने हरेक प्रकारका समस्याहरु समाधान गर्न आफु सक्रिय भएर लाग्दै आएको गैरे स्मरण गर्दछन् ।

निर्वाचनका लागि गैरेले आफ्नो चुनावी एजेन्डाहरु अगाडि सारेका छन् । उनले हाल नेपालमा गरिरहेको लगानीलाई निरन्तरता दिनुका साथै अझ बढाउन प्रयास गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका हुन् ।

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।

सम्पूर्ण एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage