scheduleबुधवार आश्विन २९ गते, २०७६

ओहासीको आयोजनामा चौथो दशैं कप फुटसल प्रतियोगिता

फुकुओका, ३ असोज । जापानको फुकुओका शहरमा ओहासी ग्रुपको आयोजनामा चौथो दशैं कप २०१९ फुटसल प्रतियोगिता हुने भएको छ ।

विदेशी भूमिमा रहेर पनि दशैंको शुभकामनासँगै मनोरञ्जन, स्वास्थ्य तथा मेलमिलापको लागि खेलकुद भन्ने नारासहित उक्त फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

ओहासी ग्रुपले विगत ४ वर्षदेखि नेपालीको महान चाड दशैँको अवसर पारी फुटसल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । आयोजकका अनुसार फुटसल प्रतियोगिताका विजेतालाई ३ लाख येन र उपविजेतालाई १ लाख ५० हजार येन को साथै विभिन्न ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट स्कोर र फेर टिमलाई पनि पुरस्कारको व्यवस्था गरेको छ ।

टिम दर्ता शुल्क ३५ हजार येन रहे पनि यसमा बिमा शुल्क समावेश नगरिएको आयोजकले जनाएको छ । जापानमा भएका सम्पूर्ण फुटसल टिमहरुलाई टिम दर्ता गर्न ओहासी ग्रुपका संयोजक संदेश केसीले आग्रह गरेका छन् ।

उक्त फुटसल २०१९ नोभेम्बर ९ मा आयोजना हुनेछ । फुकुओका शहरको हाकता वार्डको पेनास्ता फुटसल ग्राउण्डमा फुटसल प्रतियोगिता हुनेछ । यस वर्ष उक्त टिमले चिट्ठाको ब्यबस्था समेत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage