scheduleबुधवार आश्विन २९ गते, २०७६

रक्बी एसिया कपमा भिड्न जापान पुग्यो नेपाली टोली

फुकुओका, १५ असोज । जापानमा रक्बी एसियन कप २०१९ चलिरहेको बेला नेपाली टोली पनि जापान आइपुगेको छ । यसअघि एभरेष्ट जुनियर टिम भने अन्डर-१४ को एसिया कपमा सहभागी भइसकेको थियो ।

जापानको फुकुओकास्थित मुनाकाता सहरमा ग्लोबल आरिनाको ग्राउन्डमा सम्पन उक्त खेलमा एसियाली टिम जापान, बंगलादेश, मलेसिया, थाइल्याण्ड, मकाउ लगायत थुप्रै देशका टिमको सहभागिता रहेको थियो ।

नेपालले जापानको २ वटा टिम, मलेसिया, बंगलादेश, मकाउसँग राम्रो खेल प्रदर्शन गरेको छ । नेपालबाट १२ खेलाडीसंगै शुभतारा स्कुलका प्रिन्सिपल खेम तिम्सिना, एसियन रक्बी एसोसिएसनका नेपाल प्रमुख टंकराज गिरी, रक्बी खेल प्रशिक्षक कृष्ण क्षत्री जापान आएका थिए । नेपाली टिमलाई साथ दिनको साथै जापानी भाषालाई नेपाली भाषामा अनुवाद गरी सहयोग भने फुकुओका नेपाल सोसाइटीका वरिष्ठ उपाध्यक्ष माधव सिग्देलले गरेका थिए ।

खेल सम्पन्न गरी नेपाली टिम सोमबार थाइल्याण्ड हुँदै नेपाल फर्किएको छ । अनुशासित तरिकाले खेल खेल्नुका साथै नेपालको टिमको सहभागितामा आफु असाध्यै खुसी भएको भन्दै आयोजक समितिका प्रमुख समेत रहेका नोबुहिरो आबेले प्रसंशा गरेका थिए ।

उनले आगामी दिनमा नेपाललाई रक्बी खेलमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समापन समारोहमा बोल्दै शुभतारा विद्यालयका प्रिन्सिपल खेम तिम्सिनाले भने, ‘हामी जापानसंग हरेक क्षेत्र सहकार्य गरी अगाडि बढ्न चाहेका छौं ।’

नेपालको तर्फबाट मायाको चिनो नेपाली ढाका टोपी, नेपाली झन्डासहित तीनजना आयोजक कमिटीलाई नेपालको तर्फबाट सम्मान समेत गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage